बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले रजत जयन्तीको अवसरमा महासंघका पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । २०५७ सालमा असार २५ गते स्थापना भएको बागलुङ शाखाले रजत जयन्तीको अवसरमा अहिलेसम्मका पूर्वअध्यक्षहरुलाई सम्मान गर्नु भएको हो ।
पूर्वअध्यक्षहरु नारायणदत्त कँडेल, राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र नरेश कँडेल नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले ६ जना पूर्वअध्यक्षहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गर्नु भएको हो ।
पूर्वअध्यक्ष विदुर खड्कालाई मरणोपरान्त सम्मान गरिएको थियो २०५४ सालमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा स्थापना गर्नको लागि पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले नेतृत्व गर्नु भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश आचार्यको नेतृत्वमा आएको टिमले २०५७ सालमा बागलुङ, पर्वत र म्याग्दीको पत्रकारलाई आवद्ध गरेर विदुर खड्काको संयोजकत्वमा धौलागिरि शाखा स्थापना गरिएको थियो ।
२०५८ सालमा धौलागिरि शाखाको अध्यक्षमा नारायण दत्त कँडेल सर्वसम्मत चयन भएका थिए । २०६१ भएको निर्वाचनमा राजेशचन्द्र राजभण्डारी पहिलो धौलागिरि शाखाको निर्वाचित अध्यक्ष हुनु भएको थियो । पर्वत र म्याग्दीले शाखाको मान्यता पाएपछि २०६४ सालमा बागलुङले पनि शाखाको मान्यता पाएको थियो ।
२०६४ सालमा हरिनारायण जिसी बागलुङ शाखाको अध्यक्ष हुनु भएको थियो भने २०६७ सालमा रामबहादुर जिसी अध्यक्षमा चयन हुनु भएको थियो । २०७० सालमा भएको बागलुङ शाखाको भएको पहिलो निर्वाचनमा मुकेशचन्द्र राजभण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको थियो । २०७३ सालमा सर्वसहमतिमा दिल शिरिष र २०७७ नरेश कँडेल अध्यक्षमा चयन हुनु भएको थियो ।
२०८१ सालमा भएको बागलुङ शाखाको दोस्रो निर्वाचनमा राम थापा अविरल अध्यक्षमा निर्वाचित भएका थिए । बागलुङको पत्रकारितको संस्थागत विकास, शाखाको सक्रियता र पत्रकरिता क्षेत्रको विकासका लागि उहाँहरुको योगदान महत्वपूर्ण रहेको भन्दै सम्मान गरिएको अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।


तस्बिर:दिनेश जिसी



















































































































































































































