२१ जेष्ठ २०८३, बिहीबार

 

मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

बागलुङ। बागलुङ नगरपालिका, न्यायिक समितिद्धारा आयोजित मेलमिलापकर्ताहरुको आधारभूत तालिम सम्पन्न भएको छ । असाढ १७ देखि २४ गतेसम्म संचालन भएको तालिमा २७ जना सहभागी रहेका थिए ।

तालिम समापन कार्यक्रममा नगर उप प्रमुख एवं न्यायिक समितिका संयोजक राजु खड्काले भत्किएका भावनाहरुलाई पुर्निनर्माण गर्ने, टुक्रियका मनलाई जोड्ने रसायनको रुपमा रहनु भएका मेलमिलापकर्ताहरुले व्यवहारिक र कानुनी आधार सहित विवादलाई निरुपण गर्दा विधि र प्रकृया पुरा गर्नु पर्नेमा जोड दिए ।

मेलमिलाप विवाद समाधान गर्ने एउटा प्रकृयागत पद्धति हो । यो पद्धति दोषी र निर्दोषी छुट्याउने प्रकृया हैन । न्यायमा पहुंच अभिवृद्धिका लागि मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहने भएकाले समुदायमा कानुनी सचेतना तथा विश्वसनिय वातावरण निर्माणका लागि मेलमिलापकर्ताहरुबाट नगरपालिकाले धेरै आशा र अपेक्षा गरेको बताए ।

जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीले मेलमिलाप पद्धतिको अन्तराष्टिय अभ्यास र व्यवस्थासंगै नेपालमा पनि यसको प्रभावकारीता बढ्दै गैरहेको सन्दर्भमा न्यायिक समितिले गुणस्तरिय मेलमिलापकर्ताहरुको संख्या थप गर्दै जानु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

उहांले मेलमिलापको अवधिमा पक्षहरुसंगै मेलमिलापकर्ताहरुले आचार संहितालाई कढाईका साथ पालना गरेमा विवाद समाधानमा सहयोग पुग्ने बताउनुभयो ।

तालिममा विवाद समाधानका परम्परागत तरिका, विवाद समाधानका वैकल्पिक उपायहरु, मेलमिलाप सम्बन्धि कानुनी व्यवस्था, मेलमिलापको महत्व, मेलमिलापकर्ताको भूमिका,दायित्व र गुणहरु, मेलमिलापमा सरोकारवालाको पहिचान र वार्ता, मेलमिलापकर्ताले गर्नु पर्ने पूर्व तयारी र मेलमिलाप प्रकृयाको जानकारी, मेलमिलापमा सामाजिक न्याय, लौंगिकता, मानव अधिकार र न्यायोचित समाधान, विवादका पक्षहरुको मनोसामाजिक अवस्था र सम्बोधन सम्बन्धि सामान्य ज्ञान, मेलमिलापमा संचार, द्धन्द्ध, विचारको अवधारणा र विकास आदी बारेमा सहजिकरण गरेका थिए ।

यसै गरी मेलमिलापमा वार्ताको सिप, मेलमिलापका थप औजारहरु, मेलमिलापकर्ताको आचारसंहिता पालनाको प्रतिद्धता र सिकाई मूल्याङ्कन, विकल्पको खोजी, मूल्य सिर्जना र वितरण, मेलमिलाप प्रकृया, अभ्यास सहितको प्रशंसनीय दृष्टिकोण र प्रयोग गर्ने सिप तथा मेलमिलाप पश्चातको प्रकृया, सहमति पत्र लेखन कला र यसको अनुगमन आदी विषयमा प्रशिक्षकहरुले सहजिकरण गरेका थिए ।

४८ घण्टे ८ दिनको तालिममा मुख्य प्रशिक्षक अधिवक्ता गिता श्रीस तथा जिल्ला न्यायाधिवक्ता पूर्ण प्रसाद शर्मा, प्रशिक्षकहरु अधिवक्ता प्रकाश बराल, अधिवक्ता लक्ष्मी जिसी कार्कि सहित जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीले सहजिकरण गरे ।

कार्यक्रममा प्रशिक्षक गिता श्रीस, सहभागी कल्पना पाठक र कृष्ण प्रसाद कडेल, सहयात्राकी संयोजक सकुन्तला शर्माले तालिमको समयमा प्राप्त गरेका उपलब्धी र अनुभवबारे धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung