बागलुङ । चोखाल बन्धु समाज गलकोटको आयोजनामा ताराखोला गाउँपालिका-३ होरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
चोखाल बन्धु समाज कुल पूजाका पुजारी ससबहादुर चोखालको सातौ दिनको पुण्य तीथिका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सभामा समवेदना पत्र हस्तान्तरण गर्दै चोखाल बन्धु समाजका अध्यक्ष वीरबहादुर चोखालले समाजसेवी व्यक्तित्व चोखालको निधनले समाजलाई अपुरणीय क्षति भएको बताउनुभयो । उहाँले गरेका राम्रो कामलाई सबैले अनुशरण गर्नु पर्ने बताउनुभयो ।
उक्त अवसरमा सल्लाहकार सदस्य तथा नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, सदस्य तुलसी चोखाल, खडकबहादुर चोखाल, किसान चोखाल, सुजन चोखाल, लक्ष्मी चोखाल, चित्रबहादुर चोखालले समवेदना प्रकट गर्नुभएको थियोे ।कार्यक्रम चोखाल बन्धु समाजका सल्लाहकार सदस्य पूर्ण चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।चोखालको ७६ वर्षको उमेरमा गत साउन १ गते असामयिक निधन भएको थियो ।







































































































































































































