बागलुङ । ज्येष्ठ नागरिक जिल्ला संघ जिल्ला कार्यसमिति बागलुङले १३औँ स्थापना दिवस बुधबार बागलुङ बजारको विद्यामन्दिर पुस्तकालयको सभा कक्षमा मनाएको छ ।
कार्यक्रममा पूर्णबम्ह्रा कवि उपासक समाज नेपालकी सदस्य सरिता गौतम, ज्येष्ठ नागरिक जिल्ला संघ जिल्ला कार्यसमिति बागलुङकी कार्यसमिति सदस्य विष्णु खत्री, सल्लाहकार वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठ, पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, बागलुङ नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सनी केसीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा साउन महिनामा आजिवन सदस्य लिनु हुने मदननाथ शर्मा, रामप्रसाद शर्मा र चित्रबहादुर सुनारलाई वडा नं ३ का वडा अध्यक्ष सनी केसी र ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठले स्वागत तथा सम्मान गर्नु भएको थियो ।
कार्यक्रम ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरञ्जीवी कुमार श्रेष्ठको अध्यक्षता, संघका उपाध्यक्ष महेन्द्र सिंह रायमाझिको स्वागत र सल्लाहकार इश्वर प्रसाद मलेपतीको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































