२१ भाद्र २०८३, आईतवार

 

जैमिनी नगरको नाम्दुकमा जिप दुर्घटना, छ जना घाईते

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-१० नाम्दुकमा पिक अप जिप दुर्घटना भएको छ । बागलुङ बजारदेखि धुल्लुबास्कोट जादै गरेको ७४८० नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिपमा ११ जना सवार रहेको अनुमान छ । घाईते छ जनालाई उद्दार गरी धौलागिरि प्रादेशिक अस्पताल ल्याईदै गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung