३ श्रावण २०८३, आईतवार

 

वार एशोसियशन उच्च अदालत बार एकाइ बागलुङको ४७औँ साधारण सभा तथा ३३औँ अधिवेशन सम्पन्न

बागलुङ । नेपाल वार एशोसियशन उच्च अदालत बार एकाइ बागलुङको ४७औँ साधारण सभा तथा ३३औँ अधिवेशन शुक्रबार बागलुङ बजारको होटल सितलमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल वार एशोसियसका उपाध्यक्ष भुपेन्द्र खनाल, उच्च अदालत बागलुङ इजलासका न्यायाधीश नातिबाबु लामिछाने, वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, वरिष्ठ अधिवक्ता गणेशबहादुर कुँवर, वरिष्ठ अधिवक्ता कृष्ण निउरे, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता भुमिश्वर गौतम, वरिष्ठ अधिवक्ता केशव पराजुली, अधिवक्ता निरञ्जन लाल राजभण्डारी, अधिवक्ता राम शर्मा, अधिवक्ता राजु गौतम, अधिवक्ता अखिलनाथ शर्मा, बागलुङ उच्च अदालत बार एकाईको सहसचिव अधिवक्ता लक्ष्मी जिसी, अधिवक्ता ममता शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

सभामा नेपाल वार एशोसियशन उच्च अदालत बार एकाइ बागलुङका पूर्वअध्यक्षहरु वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा, वरिष्ठ अधिवक्ता गणेशबहादुर कुँवर, वरिष्ठ अधिवक्ता कृष्ण निउरे, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता भुमिश्वर गौतम, वरिष्ठ अधिवक्ता केशव पराजुली, अधिवक्ता निरञ्जन लाल राजभण्डारी, अधिवक्ता राम शर्मा, अधिवक्ता राजु गौतम, अधिवक्ता अखिलनाथ शर्मालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ जिल्ला अदालतका न्यायाधीश रमेश कान्त अधिकारीलाई विदाई गरिएको थियो ।

साधारण सभामा सचिव अधिवक्ता उमाशंकर सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष अधिवक्ता लक्ष्मी बाँस्कोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम बागलुङ उच्च अदालत बार एकाईका अध्यक्षमा अधिवक्ता रमेश बहादुर खड्काको अध्यक्षता, उपाध्याक्ष अधिवक्त हरिकृष्ण सुवे्दीको स्वागत र सचिव अधिवक्ता उमाशंकर सापकोटा सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung