बागलुङ । जिल्ला अदालत बागलुङले आज सूचना जारी गर्दै सर्भरमा समस्या आएकाले सेवा स्थगित गरिएको जनाएको छ । सेवा ठप्प भएपछि सबै मुद्दाको पेशी स्थगित भएको छ ।
जेनजीको आन्दोलनले सृर्जित परिस्थिति, आगजनीका कारण अदालतको सर्भर सञ्चालनमा नरहेको, हालको असहज परिस्थितिमा मुद्दाको पक्षलाई अदालत सम्म आउन जान असहज वातावरणको अवस्था रहेको भन्दै अर्को सुचना जारी नभएसमेमका लागि सेवा स्थगित गरिएको जिल्ला अदालतले जनाएको छ ।
तोकिएको तारेक नगुज्रेनी समेत सुचनामा भनिएको छ । सूचनामा बन्दी प्रत्यक्षिकरण र थुनछेकका कार्य नियमित रुपमा सञ्चालन गरिने जनाईएको छ ।














































































































































































































