बागलुङ । नेपाल प्रेस युनियन बागलुङले दशैं, दिपावली, नेपाल संम्वत् र छठ पर्वको उपलक्ष्यमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय परामर्श समिति सदस्य एवं बागलुङका पूर्वअध्यक्ष जगन्नाथ आचार्य, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रदिप पन्त, नेपाल पत्रकार महासंघ बागलुङकी उपाध्यक्ष सिर्जना पन्त, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय सदस्य एवं बानपा – ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्षहरु रामबहादुर जिसी, मु्केशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य मञ्जुल शाक्य, नेपाल प्रेस युनियन गण्डकी प्रदेश सचिव नारायण रिजाल, प्रेस चौतारी नेपाल बागलुङका उपाध्यक्ष अर्जुन कार्की, प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष अनिष खाती, प्रगतीशिल पत्रकार संघ बागलुङका अध्यक्ष विजय राना शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, उपाध्यक्ष सुवास आचार्यको स्वागत र सचिव डम्बर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

















































































































































































