२२ भाद्र २०८३, सोमबार

 

मानवसेवा आश्रमको महायज्ञलाई प्रधान परिवारद्वारा १ लाख ११ हजार सहयोग गर्ने घोषणा

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण र कोष स्थापनाको लागि बागलुङ नगरपालिका-३ किनारा टोल जन्म घर भई हाल काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बसोबास गर्नु हुने समाजसेवी तथा व्यवसायी सुकुन्द प्रधान र उहाँको परिवारले १ लाख ११ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नु भएको छ ।

बुबा विष्णु प्रसाद प्रधान, आमाहरु गणेश कुमारी प्रधान, वालकुमारी प्रधानको स्मृतिमा छोरा सुकुन्द प्रसाद प्रधान, बुहारी सरिता देवी प्रधान, नाती सुमित प्रधान नातिनी बुहारी पुजा प्रधान जोशी, पनातिनी सफु प्रधान र पनाती साहस प्रधानले उक्त रकम प्रदान गर्ने घोषणा गर्नु भएको हो ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गर्न लागेको समाजसेवी तथा व्यवसायी सुकुन्द प्रसाद प्रधानले नयाँ विश्वलाई बताउनुभयो । मानवसेवा आश्रमको संस्थागत विकासमा भविष्यमा पनि सहयोग गर्ने सुमित प्रधानले बताउनुभयो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक लक्ष्मी बाँस्कोटाले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung