१० कार्तिक २०८३, सोमबार

 

सिटिजन्स बैंकका ५० सेवा अब एउटै एपमा, ‘डिजिबैंक’ सार्वजनिक

बागलुङ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्ग सेवालाई थप सहज र प्रभावकारी बनाउन ‘सिटिजन्स डिजिबैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

यस रणनीतिक पहलअन्तर्गत बैंकले आफ्ना छरिएर रहेका विभिन्न डिजिटल सेवाहरूलाई एउटै च्यानलमा केन्द्रित गरेको छ । यसले ग्राहकहरूलाई वेब र मोबाइल एप दुवै माध्यमबाट सजिलैसँग सेवा लिन सक्ने बनाएको बैंकले जनाएको छ ।

पहिलो चरणमा यस प्लेटफर्ममा बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरू उपलब्ध गराइएको छ । यसमा अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग लगायत डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी विभिन्न सेवाहरू समावेश छन् ।

बैंकका ग्राहकहरूले यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोबाइल बैंकिङ्ग एप ‘सिटिजन्स स्मार्ट’ मार्फत प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्मले सेवा प्रवाहलाई अझ छिटो र छरितो बनाउने बैंकको दाबी छ ।

बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउन यो पहल महत्त्वपूर्ण हुने बैंकले विश्वास लिएको छ । डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरू प्रदान गर्ने लक्ष्यका साथ भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरू समावेश गर्दै जाने बैंकको प्रतिबद्धता छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung