बागलुङ । साहित्यकार प्रेम छोटा नेपाल प्रज्ञा–प्रतिष्ठानको बाल सहित्य विनाम र मातृभाषा कोश र व्याकरण विभागद्वारा सम्मानित हुनु भएको छ ।
आइतबार विभागले छोटालाई बागलुङमै एक कार्यक्रमको आयोजना गरेर कदर पत्रले सम्मान गरेको हो । नेपाली भाषा, साहित्य र संस्कृतिसँगै समाजसेवामा समेत चार दशकदेखि छोटाले योगदान पु¥याएको भन्दै सम्मान गरिएको नेपाल प्रज्ञा परिषदका सदस्य अगिव नेपालीले बताउनु भयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपती विमल निभा, नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा आयोग सदस्य मातृका पोखरेल, सीता शर्मा, धौलागिरी वहुमुखी क्याम्पस बागलुङका प्रा.डा. दिनबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठको स्वागत तथा पुस्तकालयका पूर्वअध्यक्ष गोविन्द प्रसाद वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।















































































































































































































