बागलुङ। ग्लोबल आइएमई बैंकले बैंकको मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आईफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तामेध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकलाई आईफोन १७ प्रदान गर्नेछ। साथै, यस योजनाअनुसार बैंकको मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे बापत हरेक दिन ९योजना अवधिभर० सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ।
यो योजना मंसिर १५गतेदेखि पुस २५ गतेसम्म लागू रहनेछ। यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ।













































































































































































































