७ कार्तिक २०८३, शुक्रबार

 

नबिल बैंकको छैटौँ प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

बागलुङ । नबिल बैंकले पोखरा शाखामा छैटौँ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ। बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यकाबाहिर पहिलो पटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ। बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।

लाउञ्ज उद्घाटन गर्दै डेपुटी बजगाईंले भने, “ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौँ। यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहज रुपमा उच्च स्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन्।”

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ।

नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट https://www.nabilbank.com/individual/savings-deposits-individual/priority-banking मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिने छ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung