३ श्रावण २०८३, आईतवार

 

बागलुङमा कविता प्रतियोगिता गरेर मनाइयो भूपी जयन्ती

बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान र सार्थक प्रकाशन बागलुङको संयुक्त आयोजनामा ९१औँ भूपी जयन्ती कविता प्रतियोगिता गरेर मनाइएको छ ।

प्रतियोगितामा चन्द्र क्षेत्री प्रथम, लालबहादुर नेपाली द्धितीय भएका थिए । कार्यक्रममा धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशन र सार्थक प्रकाशनका सदस्य वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरेले मन्तव्य व्यक्त गरेका थिए ।

गोष्ठीमा कोपिला कँडेल, रामचन्द्र शर्मा, यामबहादुर थापा, शान्ती ज्ञवाली, खेमराज सुवेदी पनि कविता वाचन गरेका थिए ।

कवि भूपि शेरचनको १९९२ पुस १२ गते मुस्ताङको टुकुचे गाउँमा भएको थियो ।

कार्यक्रम धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षता, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागत र सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदी पाहाडीको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung