४ श्रावण २०८३, सोमबार

 

नेपाल बैंकको साधारण सभा सम्पन्न

काठमाडौँ। नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।

सञ्चालक समितिका अध्यक्ष प्रा।डा। डिल्लीराज शर्माको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१,८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आषाढ २०८२ मसान्तसम्मको वित्तीय विवरणहरू पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८२,८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै, महालेखापरीक्षकको कार्यालयको सल्लाह अनुसार लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

यसैगरी, बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी संशोधन गर्ने प्रस्ताव पारित भएको छ।

सभाले नियमनकारी निकायबाट कुनै सुझाव आएमा आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ। यस बैठकले बैंकको सञ्चालनमा पारदर्शिता र शासन व्यवस्था सुदृढ पार्ने उद्देश्य राखेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung