४ श्रावण २०८३, सोमबार

 

एनएमबी बैंकको भिसा प्लाटिनम डेबिट कार्ड, प्रिमियम आउटलेटमा छुट

 बागलुुङ। एनएमबी बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले दुई वटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ।

बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै प्लाटिनम डेबिट डिलाइट र प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको हो।

यी कार्डले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकको छ।

नयाँ प्लाटिनम कार्डधारकले विभिन्न प्रिमियम आउटलेटमा आकर्षक छुटका साथै विमानस्थलमा लाउन्ज सुविधा पाउनेछन्।

विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकका लागि प्लाटिनम डेबिट डिलाइट कार्ड उपयोगी हुनेछ।

यस कार्डमार्फत ग्राहकले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दासमेत विशेष सहुलियत पाइनेछ।

डिजिटल बैंकिङमा सधैं अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधा ल्याएको बताएको छ।

बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung