३ श्रावण २०८३, आईतवार

 

बागलुङको रामरेखामा सञ्चालनमा आयो प्रज्ञान मोटर्स, सामान खरिद र सर्भिसिङमा अफरै अफर

बागलुङ। बागलुङ नगरपालिका-१ रामरेखामा प्रज्ञान मोटर्स सञ्चालनमा आएको छ । अग्नि ग्रुपअन्तर्गत बागलुङको लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर आइतबारदेखि बागलुङमा सञ्चालनमा आएको हो ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै बागलुङमा पहिलो पटक प्रज्ञान मोटर्सले सर्भिसिङ सेवा, पार्ट पुर्जा, गाडि वासको पनि सुविधा ल्याएको प्रज्ञान मोटर्सका संचालक चित्रबहादुर केसीले बताउनुभयो ।

एक करोड पचास लाख लगानीमा यो सर्भिसिङ सेन्टरले सेवा प्रारम्भ गरेको छ ।

यहाँ महिन्द्रा कम्पनीका सबै पार्टपुर्जाहरु सुपथ मूल्यमा पाउनुका साथै अत्याधुनिक प्रविधिको प्रयोग गरेर सुविधासम्पन्न यस अटो वर्क्स सर्भिस सेन्टरमा सबै खालको सेवाहरु रहेको र ग्राहकलाई विशेष छुटका साथै विभिन्न सेवा र सामान खरिदमा अफरै अफर रहेको प्रज्ञान मोटर्सका म्यानेजिक डाइरेक्टर प्रताप केसीले जानकारी दिनुभयो ।

विशेष छुटका साथै सहज र सरल रुपमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टरबाट सेवा प्राप्त भएकोले अटो बजारका ग्राहकलाई धेरै सहयोग हुनुका साथै समय र पैसाको पनि बचत हुने धौलागिरि अटोमोबाइल्स संघका अध्यक्ष शिव शंकर शाहले नयाँ विश्वलाई बताउनुभयो ।

यस शो रुममा महिन्द्राका सवारीसाधनका लागि गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स र एक्सेसरिज उपलब्ध छ ।

कार्यक्रमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर सोमनाथ ढरले गर्नु भएको थियो ।

कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा नेपालका बालाजु अटो वर्क्स प्रालिका प्रदेश प्रमुख सन्तोष सुवेदी, बतास पोखराका प्रमुख राजेश रानाभाट, प्रज्ञान मोटर्सका म्यानेजिक डाइरेक्टर प्रताप केसी, प्रज्ञान मोटर्सका संचालक चित्रबहादुर केसी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, बागलुङ नगरपालिका-११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन पत्रकार तारानाथ आचार्यले गर्नु भएको थियो । प्रज्ञान मोटर्सले ७ जना युवाले रोजगारी पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung