बागलुङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५औँ स्थापना दिवसको अवसरमा बागलुङ नगरपालिका-३ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न तथा सरसफाइका सामान सहयोग गरिएको छ।
शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको आयोजनामा तथा प्रतिष्ठानका जिल्ला कार्यसमिति बागलुङ र म्याग्दीको सह–आयोजनामा आश्रमलाई खाद्यान्न तथा सरसफाइका सामान सहयोग गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती खड्का परियारले बताइन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका संरक्षक चोलेन्द्र पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङ तथा प्रतिष्ठान बागलुङकी अध्यक्ष सरस्वती खड्का परियारले मन्तव्य व्यक्त गरेका थिए ।













































































































































































































