बागलुङ । यसपटकको ऐतिहासिक चैत्राष्टमी मेलामा हनुमान नाच प्रदर्शन गरिने भएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिको मूल आयोजनामा चैत्र १० गतेदेखी १४ गतेसम्म हुने मेलाको अवसरमा बागलुङको ऐतिहासिक हनुमान नाच प्रर्दशन गरिने भएको हो ।
झण्डै तीन सय वर्ष पहिलेदेखि यहाँका नेवार समुदायले यो नाँच देखाउदै आएको इतिहास छ ।
नेपालबाटै लोप हुन लागेको हनुमान नाँच बागलुङ आएर देख्न सकिन्छ भन्ने सन्देशका लागि नेवार समुदायसंगको समन्वयमा नाँच देखाउने तयारी गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो ।
स्थानिय कला संस्कृतिको संरक्षण र प्रवर्द्धन होस भन्ने उद्देश्यले हनुमाननाच देखाउने तयारी गरेको खड्काले जानकारी दिनुभयो ।
हनुमानको भेषमा सजिएका युवाहरू १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् ।
नाच्नेहरू हनुमानको स्वरूपमा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ













































































































































































































