३ श्रावण २०८३, आईतवार

 

ढोरपाटमा दादुरा संक्रमणको संख्या ११ पुग्यो

बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा संक्रमण्को संख्या ११ पुगेको छ । दादुरा फैलिएको ढोरपाटनको बोबाङ, सेराबाङ र लाकुरीबोट गाउँमा दादुरा नियन्त्रणको काम भइरहेको छ ।

दादुराको बिरामीको ३१ जनाको नमूना संकलन गरी काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परिक्षण गरिएकोमा ११ जनामा दादुरा संक्रमण पुष्टी भएको छ ।

बुधबार थप चार जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

दादुरा नियन्त्रणका लागि ढोरपाटन नगरपालिका–८ बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा आइसोलेसन तयार गरेर उपचार भइरहेको छ ।

अहिले बुर्तिबाङ अस्पतालमा ९ र बोबाङ स्वास्थ्यचौकीमा ६ जना गरी दादुरा संकास्पद १५ बिरामीको उपचार भइरहेको छ ।

जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार ढोरपाटनका बालबालिका र किशोर किशोरी र स्वास्थ्यकर्मी सहित ५ हजार ८५९ जनालाई खोप समेत लगाइएको छ । अस्पतालमा उपचारपछि ७७ जना घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung