काठमाडौं। नेपालमा जेक्को जे–६ टी सार्वजनिक भएको छ। ओमोडा एन्ड जेक्कोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स्ले नेपाली बजारमा जेक्को जे–६ टी सार्वजनिक गरेको हो।
यो गाडी रियर–व्हील ड्राइभ भेरियन्टको मूल्य ६८ लाख ९९ हजार रुपैयाँ भए पनि विशेष प्रारम्भिक अफरअन्तर्गत कम्पनिले ६६ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको हो।
यसमा लिथियम आयरन फस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ, जसले ४३१ किलोमिटर सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ।
यसमा ६५.६९ किलोवाटको ब्याट्री दिइएको छ। यसमा १३५ किलोवाटको मोटर जडान गरिएको छ।
गाडीमा २२५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। यसको लम्बाइ ४४३३ एमएम चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम रहेको छ। यसको ह्वीलबेस २७१५ एमएम छ।
गाडीमा १९ इन्चको टायर,१५.६ इन्चको सेन्ट्रल टचस्किन, ९.२ इन्च्को इन्स्ट्रुमेन्ट प्यानल, वायरलेस चार्जर तथा ८ स्पिकरजस्ता आधुनिक फिचर छन्।













































































































































































































