बागलुङ । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) नेपालको ४०औँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा–५ बाट ६८ हजार ३ सय ४८ मत ल्याएर निर्वाचित उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् ।
उनी नेपालको पहिलो मधेशी मूलको प्रधानमन्त्री बनेका छन् । उनले स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौँ महानगरपालिका मेयरमा विजयी भएका थिए । उनले २०७९ देखि २०८२ सम्म १५औँ नगर प्रमुखका रूपमा सेवा गरेका थिए।
को हुन् बालेन ?
बालेन शाहको जन्म २०४७ वैशाख १४ गते नरदेवी, काठमाडौँमा मधेशी साहु तेलीको परिवारमा भएको थियो र उनको न्वारनको नाम बालेन्द्र शाह हो।
उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र उनकी दोस्रो पत्नी ध्रुवदेवी शाहका कान्छा छोरा हुन्। बालेनको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ भने मामाघर धनुषा जिल्लाको जमुनिवास– ४ मा पर्दछ। शाहका हजुरबुवा मुनिलाल शाह एक जमिन्दार थिए।
उनको परिवार अहिले त्रिभुवन विमानस्थल नजिकै रहेको तीनकुनेको गैरीगाउँमा बस्छन्। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।
उनी आफ्नो पेशाको क्रममा देशका ६५ वटा जिल्ला भ्रमण गरेको एक कार्यक्रममा बताएका थिए। २०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए।उनले सबिना काफ्लेसँग विवाह गरेका छन्। शाहकी श्रीमती पेसाले जनस्वास्थ्यकर्मी छिन्।
मेयरको रुपमा बालेन
२०७९ को स्थानीय तह निर्वाचनमा बालेन २०७९ जेठ १२ गते ६१ हजार ७ सय ६७ मत ल्याएर काठमाडौं महानगरपालिकाका मेयरमा निर्वाचित हुनु भएको थियो । स्वतन्त्र उम्मेदवार साहले ६१ हजार ७६७ मत ल्याउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनु भएको थियो ।
बालेनले एक इन्जिनियर, र्यापर, स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं महानगरपालिकाका मेयरको परिचय बनाएका बालेन नेपाली राजनीतिमा एउटा नयाँ युगका रुपमा उदाएका हुन् ।
६५ जिल्ला पुगेका इन्जिनियरिङ
उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङ अध्ययन गर्नु भएको छ । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नु भएको छ।
उहाँ आफ्नो पेशाको क्रममा देशका ६५ वटा जिल्ला भ्रमण गरेका थिए । अध्ययनको क्रममा उनले सहरी योजना, अव्यवस्थित विकास, प्रदूषण र प्रशासनिक कमजोरीप्रति गहन अध्ययन गरेका थिए ।उहाँले काठमाडौं विश्व विद्यालयबाट पर्यटन, अर्थतन्त्र प्रवद्र्धन र काठमाडौंको नेवा संरचनाको संरक्षण विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।
विद्रोहको गीत गाउने बालेन -यापर
बालेनले संगीत क्षेत्रमा पनि बेग्लै पहिचान बनाएका छन् । उहाँ नेपाली -याप संगीतमा राजनीति, बेथिति, कुशासन तथा सामाजिक मुद्दाहरू उठाउने गायकको रूपमा परिचय बनाएका थिए ।
उहाँले गीतमा अन्याय, अत्याचार, भ्रष्टाचार, राजनीतिक विकृति, असमानता, युवामा देखिएको निराशा जस्ता विषयहरू प्रमुख विषयका रुपमा उठेका छन् ।
उहाँले प्रधानमन्त्रीको रुपमा सपथ लिनुअघि जय महाकाली सङ आउट नाउको नयाँ गीत सार्वजनिक गरेका थिए। यस गीतमा शक्ति, विद्रोह, र अन्याय विरूद्धको आवाज व्यक्त गर्न भएको छ।
झापा–५ बाट अत्यधिक मतले विजयी
बालेन साह २०८२ फागुन २३ मा झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतले निर्वाचित हुनु भएको थियो । उहाँ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार शाहले ६८,३४८ मत प्राप्त ल्याएर नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरि प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो ।
एमाले अध्यक्ष ओलीले भने १८७३४ मत प्राप्त गर्नु भएको थियो । उहाँहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।साहले प्राप्त गरेको मत नेपालको संसदीय निर्वाचनको इतिहासमा उच्च मत हो।
चुनिएका थिए रास्वपाको विधान संशोधनपछि संसदीय दलको नेतामा
चैत्र १२ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा सांसद बालेन्द्र साह (बालेन) संसदीय दलको नेतामा चयन भएका थिए ।
रास्वपा कार्यालय वनस्थलीमा भएको बैठकले विधान संशोधन गरी संसदीय दलको नेतामा साहलाई चयन गरेका थिए । उहाँ संसदीय नेतामा चयन भएसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुला भएको थियो।
नेपालको संविधानमा बहुमत प्राप्त दलका संसदीय दलका नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था रहेको छ । निर्वाचनबाट स्पष्ट बहुमत पाएको रास्वपाका संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) बमोजिम सरकार गठनका लागि आह्वान गर्नु भएको थियो ।













































































































































































































