३ श्रावण २०८३, आईतवार

 

१९ पटक देखाइयो हनुमान नाच

बागलुङ । बागलुङको नेवारी समुदायमा संरक्षण गरिएको तीन सय वर्ष पुरानो हनुमान नाच नौ वर्षपछि १९ पटक देखाइएको छ । २१ महिनाको अवधीमा टोलपूजा र विभिन्न मेला महोत्सवमा नाच देखाइएको हो । हनुमान नाच नौ वर्षपछि २०८१ भदौं ११ गते शुभारम्भ गरी २०८३ वैशाख १५ गते समापन गरिएको हो ।

१९ पटक देखाइएको हनुमान नाच हनुमान पौवामा पुगेर समापन गरिएको थियो । आगमी तीन वर्षपछि देखाउने योजनाका साथ नाच विर्सजन गरिएको हनुमान नाच संरक्षण परिषद्का अध्यक्ष तीर्थ प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुई/दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्न १९ पटकमा ४२ युवाहरुको सहभागीता रहेको थियो ।

शुभारम्भ, समापन, बागलुङ महोत्सव, बसपार्क उद्घाटन र अतिथि स्वागत, गलकोटमा देखाइएको हनुमान नाच संगै १४ वटा टोल पुजा सम्पन्न गरीएको छ । मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको हनुमान नाच बागलुङका नेवार समुदायले संरक्षण गरेर देखाउदै आएको छ ।

खर्चिलो नाचको रुपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच विस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको भएपनि भव्यरुपमा २१ महिनामा समापन गरिएको हनुमान नाचका प्रधानकजी इश्वर प्रसाद मलेपतीले जानकारी दिनुभयो ।

रामको सेवकको रुपमा रहेको हुनमानरहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजारपरिक्रमा संगै बागलुङ नगरपाकिला–४ उपल्लाचौर स्थित राम मन्दिर परिक्रर्मा गरेर फर्किएको थियो भने समापनमा समेत त्यही दोहो-याइएको थियो ।

भक्तपुरका नेवार समुदाय वि।सं। १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । २०८१ भदौं ११ गते नारायणचोकबाट शुरु नौ वर्षपछि शुरु भएको हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरी चोक, आवारोड, सृजना टोल, गलकोट हुँदै कालिका मन्दिर सहित शुभारम्भ र समापन सहित १९ स्थानमा देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung