बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा मनोज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा शिव शंकर शाह, द्धितीय उपाध्यक्षमा कमल श्रेष्ठ, तृतीय उपाध्यक्षमा विदेश कुमार श्रेष्ठ, सचिवमा आशिक राजभण्डारी र कोषाध्यक्षमा रामनाथ शर्मा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ धौलागिरि बागलुङ अध्यक्ष राजेश भारी, डिष्ट्रिक एडमिनिसटेटर काजिमान गुरुङ, एरिया चिफ तालबहादुर कुँवर, डिपार्टमेन्ट चिफ नारायण आचार्य, जोन चियर पर्सन ओम प्रकाश गौतम, क्लबका पूर्वअध्यक्षहरु राजन शाक्य, निर्माण कुमार श्रेष्ठ, सदस्य केशव सुवेदीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङ अध्यक्ष राजेश भारीको अध्यक्षता र सचिव विदेश कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
विसं २०५३ सालमा स्थापना भएको लायन्स क्लब अफ धौलागिरि बागलुङ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।














































































































































































































