बागलुङ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले गाँजा र लोकल मदिरालाई वैदानिकता दिएर आत्मनिर्भर प्रदेशवासी बनाउने योजनामा गण्डकी प्रदेश सरकार लागेको बताउनभुयो ।
बागलुङ नगरपालिकाको चार वर्षे कार्यकालमा भएको उपलव्धी सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले वैधानिक बनाउने नियमावली तयार गरी प्रदेश सभामा पेस गर्ने तयारी गरिरहेको बताउनुभयो ।
प्रदेश र स्थानीय सरकारका समान कार्यका विषयमा अझै अन्योल भएको बताउनुभयो । केही भएन भन्ने जनतामा भाष्य सृजना भएको बताउदै जनतालाई विकास बुझाउन आवश्यक रहेको बताउनुभयो ।

“बागलुङ नगरपालिकाले यति धेरै काम चार वर्षमा गरिसक्यो, यो प्रमाण आज नगरपालिकाले जनतासामु आफूलाई पेश गरेको छ, प्रदेश सकारका विभिन्न कामको विषयमा जनतालाई जानकारी दिन सक्नुपर्दछ” मुख्यमन्त्री पाण्डेले भन्नुभयो “जनताका विचमा प्रदेशका लोकप्रिय योजना सुनाउदै हिड्न आवश्यक ठानियो, यही धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिद प्रदेशमै पहिलोपटक भयो, जनताले सेवा पाए, तर प्रदेश सरकारले गरेको भन्ने विर्सिए ।”
कार्यक्रममा चार वटा नगरका विकास समिटिएको भिडियो सामग्री, नगरको महत्वपूर्ण फोटो सामग्री सहितको पुस्तक, कुकुर होस्टेल शुभारम्भ र फोटो प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, गण्डकी प्रदेशसभाका उपसभामुख विना कुमारी थापा, गण्डकी प्रदेशका निर्वतमान स्वास्थ्यमन्त्री कृष्ण पाठक, प्रदेशसभा सदस्यहरु कुसुम बुढा, चम्पा खड्का र भगिनी सम्बन्ध स्थापित लुम्बिनी सांस्कृतिक नगरपालिकाका कल्पना हरिजन लगायते शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, उपप्रमुख राजु खड्काको धन्यवाद मन्तव्य र प्रशासन प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































