२४ जेष्ठ २०८३, आईतवार

 

एनआईसी एशिया बैंक र इफिक्स नेपालबीच सम्झौता, शून्य ब्याजदरमै अनरका स्मार्टफोन खरिद

बागलुङ। एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको अथोराइज्स रिसेलर इफिक्स नेपाल प्रा।लि।बीच बैंकका ग्राहकलाई विशेष सुविधा प्रदान गर्न सम्झौता भएको छ।

आफ्ना ग्राहकको डिजिटल बैंकिङ्गसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्दै ग्राहकलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो।

उक्त सम्झौता पत्रमा बैंकतर्फ चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू इफिक्स डटक कम डट एनपीबाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने छ।

ग्राहकले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सक्ने छन्।

मासिक किस्ताबन्दीका लागि बैंकको पोर्टलबाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने छ।

साथै, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्ने छन्।

यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ।

सदैव आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ्ग अनुभव प्रदान गर्न यस बैंक सदैव क्रियाशील रहेकोे परिप्रेक्ष्यमा इफिक्स नेपालसँगको सहकार्यले बैंकका ग्राहकलाई व्ययभार कम गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung