२९ जेष्ठ २०८३, शुक्रबार

 

आइतबार पनि नेपाल आँखा अस्पतालमा नियमित सेवा

काठमाडौं । नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित रूपमा आँखा उपचार सेवा सञ्चालन भइरहेको जनाएको छ।

त्रिपुरेश्वरस्थित नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित सेवा उपलब्ध गराउँदै आएको छ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइँका अनुसार हरेक दिन बिहान ८ः३० बजेदेखि बिरामी दर्ता सुरु हुने र दिउँसो ३ बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था रहेको छ।

अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्सिङ र प्राविधिक जनशक्तिमार्फत गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। हाल अस्पतालमा १६ जना नेत्र विशेषज्ञ, १ जना एनेस्थेसियोलोजिस्ट, ७ जना अप्टोमेट्रिस्ट, ३ जना फेलोसहित करिब १५० जना कर्मचारी कार्यरत छन्।

अस्पतालमा दैनिक करिब ७०० देखि ९०० बिरामीले सेवा लिने गरेका छन्। यहाँ मोतिबिन्दु, रेटिना, जलविन्दु, कर्निया तथा बाल आँखा रोगसम्बन्धी जटिल उपचार र शल्यक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

बहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतिबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोप्टिक्स सेवा लगायतका विविध उपचार सुविधा उपलब्ध रहेको अस्पतालले जनाएको छ। साथै २४ सै घण्टा आकस्मिक सेवा तथा अन्तरङ्ग ९इन(पेसेन्ट० सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा पनि बिरामीले निरन्तर उपचार सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

अस्पतालले मोतिबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्ररोगसम्बन्धी शल्यक्रियासमेत नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung