बागलुङ । कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङ को १९औँ स्थापना दिवस आइतबार बागलुङ बजारमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य तथा विशिष्ट अतिथि फेन्सी व्यवसायी महासंघका केन्द्रीय सदस्य गोकुल प्रसाद कँडेलले व्यवसायी एकता, बजार व्यवस्थापन र व्यवसाय प्रवर्द्धनका विषयमा धारणा राखेका थिए।
समितिका पूर्वअध्यक्ष रामचन्द्र शर्मा ले संस्थाको स्थापनादेखिको यात्राबारे चर्चा गर्दै व्यवसायीको हकहित संरक्षणमा समितिले खेलेको भूमिकाको प्रशंसा गरे।
यस अवसरमा फेन्सी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका गोकुल प्रसाद कँडेल र पदेन केन्द्रीय सदस्यमा दलबहादुर कार्की डिविलाई सम्मान गरिएको थियो।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य र समितिका अध्यक्ष दलबहादुर कार्कीले दोसल्ला र सम्मानपत्र प्रदान गरी कँडेललाई सम्मान गरेका थिए।
कार्यक्रम दलबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष गोकुल प्रसाद कँडेलको स्वागत तथा सचिव प्रेमलाल गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।














































































































































































































