२० श्रावण २०८३, बुधबार

 

पत्रकार रामबहादुर जिसीलाई मातृशोक

बागलुङ । जागरण दैनिक तथा आदर्श सञ्चार अनलाइनका प्रधान सम्पादक एवं नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष रामबहादुर जिसीलाई मातृशोक परेको छ ।

जिसीकी आमा नन्दकुमारी घर्ती क्षेत्रीको बुधबार काठेखोला गाउँपालिका–७, रेश कमेरेखोल्सास्थित आफ्नै निवासमा निधन भएको हो ।

उहाँको ८३ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

स्वास्थ्य अवस्था जटिल बनेपछि घर्ती क्षेत्रीलाई दुई सातासम्म पोखरास्थित गण्डकी मेडिकल कलेजको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो ।

उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँलाई घर ल्याइएको थियो ।

घरमै रहेका बेला बुधबार बिहान करिब ९ बजे निधन भएको परिवारले जनाएको छ ।

विसं २००० साल फागुन १५ गते धम्जा माझकटेरीमा जन्मिनुभएकी घर्ती क्षेत्रीको आज दिउँसो बागलुङ नगरपालिका–४ स्थित निरघाटमा अन्त्येष्टि गरिने भएको छ ।

घर्ती क्षेत्रीको निधनप्रति पत्रकारिता तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तिहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung