२६ श्रावण २०८३, मंगलवार

 

काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सूर्यलाल विश्वकर्मा

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सूर्यलाल विश्वकर्माको पदस्थापन गरिएको छ ।

हालै गृह मन्त्रालय अन्तर्गत सरुवा भएर आउनुभएका विश्वकर्मा सोमबार गाउँपालिकामा हाजिर हुनुभएको छ ।

नौ महिनमा प्रमुख प्रशासकीय अधिकृत मुक्ती पौडेलको गृह मन्त्रालय अन्तर्गत सरुवा भएपछि विश्वकर्मा गाउँपालिकामा आउनुभएको हो ।

विश्वकर्मालाई गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा लगायत जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका थिए ।

नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले गाउँपालिकाका योजना तथा कार्यक्रम कार्यान्वयन, कर्मचारी प्रशासन, आर्थिक व्यवस्थापन, सेवा प्रवाह तथा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

गाउँपालिकाले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माको सफल एवं उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung