बागलुङ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागलुङमा ‘मेरो युवा, मेरो देश’ शीर्षकको कविता गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समिति र नगर समितिको संयुक्त आयोजनामा भएको गोष्ठीमा विभिन्न सर्जकले युवाको भूमिका, राष्ट्रप्रेम, सामाजिक जिम्मेवारी र समसामयिक विषय समेटिएका कविता तथा रचना वाचन गरेका थिए ।
कार्यक्रममा रोशन कार्की, टेकबहादुर केसी, अस्मिता खड्का, बालकृष्ण शर्मा, मनोज थापा, ताराप्रसाद शर्मा ‘स्टार’, चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, हिराबहादुर केसी, प्रकाश थापा, कोपिला कँडेल, प्रकाश रिजाल, याम बुढामगर र शिवकला थापालगायतले रचना वाचन गरेका थिए ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै युवालाई सिर्जनशील, उद्यमशील र जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समितिका उपाध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक अभिषेक कटुवाल क्षेत्रीको स्वागत मन्तव्य र सचिव लिलबहादुर खत्री ‘बबिन’को सञ्चालनमा सम्पन्न भएको थियो ।

















































































































































































