१४ बैशाख २०८१, शुक्रबार

 

नयाँ प्रविधिको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक

टिभिएसको नयाँ प्रविधिको मोटरसाइकल नेपालमा पनि भित्रिएको छ । जगदम्बा मोटर्सले शनिबार भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच नयाँ मोडलको अपाची आरटीआर १६० मोटरसाइकल सार्वजनिक गरेको हो । यो बाइकको प्रतिघण्टा ११८ किलोमिटर गुड्ने क्षमता रहेको छ । माइलेज ५० किलोमिटर रहेको छ ।

यसअघि नयाँ उत्पादन बन्द कोठामा निश्चित व्यक्तिका बीचमा सार्वजनिक गर्दै आएको जगदम्बाले यस पटक भने भृकुटिमण्डपमा विशेष कार्यक्रम गरेर सार्वजनिक गरेको छ । यसरी सार्वजनिक गर्दा सिधै ग्राहकसम्म पुगिने जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवालले बताए ।

नयाँ बाइक युवाको लागि बढि उपयोगी रहेको अग्रवालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्