२० भाद्र २०८३, शनिबार

 

अटो चालक रामबहादुर थापालाई ४ दिनको म्याद थप

बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटनापछि प्रहरी नियन्त्रणमा रहेका चालक रामबहादुर थापालाई थप ४ दिनको म्याद थप गरिएको छ ।

गत १९ गते दिउँसो बागलुङ बजारदेखि दोबिल्लातर्फ जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा दुर्घटना भएपछि फरार रहेका चालक २० गते पक्राउ परेका थिए ।

यस अघि विभिन्न कसु्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले कारबाही गरिसकेका बागलुङ नगरपालिका ६ तीनतले घर भएका वर्ष २४ का थापालाई अनुसन्धानको लागि ४ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी दीपक बाबु केसीले नयाँ विश्वलाई बताउनु भयो।

सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई अटो रिक्सा दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका थिए ।

घाइते मध्य एक जनाको पोखरामा उपचार हुँदै छ । पहाडी क्षेत्रमा ३ पाङ्ग्रे सवारी अर्थात अटो असुरक्षित भएको र दुर्घटना हुन थालेपछि चालकहरुलाई सुरक्षित यात्राका लागि सचेतना तालिम दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले बताउनु भयो ।

बागलुङ बजारका अटो चालकहरुलाई भेला गरि एक दिने ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएर सचेत गरिएको र निगरानी समेत बढाएको निउरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung