१८ बैशाख २०८१, मंगलवार

 

दुर्घटनापछि फरार अटो रिक्सा चालक थापा लमगाउँबाट पक्राउ

बागलुङ । बागलुङमा अटो रिक्सा दुर्घटनापछि फरार रहेका चालक रामबहादुर थापा पक्राउ परेका छन् ।

उनलाई प्रहरीले मंगलबार दिउँसो बागलुङ नगरपालिका-६ लमगाउँबाट पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी दीपक बाबु केसीले नयाँ विश्वलाई जानकारी दिनु भयो । दुर्घटनापछि उनी लमगाउँमा दाजुको घरमा लुकेर बसेका थिए ।

उनलाई यस अघि विभिन्न कसु्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले कारबाही गरिसकेका व्यक्ति हुन्।

गत सोमबार दिउँसो बागलुङ बजारदेखि दोबिल्लातर्फ जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा दुर्घटना भएको थियो । सदरमुकामदेखि मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाँदै गर्दा अनियन्त्रित भई अटो रिक्सा दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका थिए ।

बागलुङ नगरपालिका-६ तीनतले घर भएका वर्ष २४ का चालक थापा दुर्घटनापछि फरार भएका थिए ।अटो रिक्साका धनी भने बागलुङ नगरपालिका-१ रामरेखा निवासी नानीमाया पुन छन्त्याल हुन् ।मुख्य सडक र पहाडी क्षेत्रमा ३ पाङ्ग्रे सवारी अर्थात अटो असुरक्षित भएको भनिएपनी नगरपालिकाले जथाभावी रुटप्रमिट र अनुमानि दिँदा दिनानुदिन अटोहरु दुर्घटना हुने गरेका छन ।

स्मरण रहोस् सोही नम्बरको अटो गत कार्तिक ८ गरे समेत दुर्घटनामा परेको थियो ।उकालो र भिरालो कच्चि जमिनमा अनियन्त्रित र असुरक्षित मानिएको अटोको नियमन नहुँदा असुरक्षित सडकमा समेत गुड्ने गरेका छन् ।

आजकल अटो रिक्सा बागलुङ नगरपालिका-६ पंचकोट जस्तो अति उकालो भुभागसम्म पनि चल्ने गरेको छ यसै गरी बागलुङ नगरपालिका-८ सिगानाको वडा कार्यालय भवनसम्म पनि गुड्ने गरेका छन् ।

जुन जोखिमले भरिएको साह्रै नै कच्चि बाटो हो । बागलुङ नगरपालिकाले अटो रिक्साको बारेमा सहि नियम नबनाउँदा यात्रुहरुको जिवन जोखिम परेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्