१९ बैशाख २०८१, बुधबार

 

ट्राफिक प्रहरी कार्यालय बागलुङद्वारा अटो रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण

बागलुङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले अटो रिक्सा चालकलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको छ। मुख्य सडक र पहाडी क्षेत्रमा ३ पाङ्ग्रे सवारी अर्थात अटो असुरक्षित भएको र दुर्घटना हुन थालेपछि चालकहरुलाई सुरक्षित यात्राका लागि सचेत गराइएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले चालकको पहिलो जिम्मेवारी भनेको सुरक्षित यात्रा र गन्तव्य रहेको बताउदै चालक एक जिम्मेवार पात्र रहेकाले आफू र आफ्नो सवारीमा सवार यात्रुलाई सुरक्षित गर्नु चालकको पहिलो कर्तव्य रहेको बताउनु भयो।

५९ जना अटो चालकहरुलाई लाई ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिन्हहरु, सडक रेखाहरु, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षित तरिका, कानुनी विषयमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक सचेतना मुलक प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा अटो रिक्सा चालकहरु लाई आफ्ना सवारीसाधनहरुको गति, अवस्था, यात्रुहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्न सुझाव दिईएको थियो । मनपरी भाडा उठाउन र क्षमताभन्दा बढी यात्रु चढाएर यात्रा नगर्न पनि आग्रह गरिएको छ ।
बागलुङमा रुट परमिट विनानै उकालो र भिरालो कच्चि जमिनमा अनियन्त्रित र असुरक्षित मानिएको अटो असुरक्षित सडकमा समेत गुड्ने गरेका छन् ।

अटो रिक्सा रुट परमिट विना नै बागलुङ नगरपालिका-४ रातमाटा, तिनतले हुँदै बागलुङ नगरपालिका -६ पंचकोट, बागलुङ नगरपालिका-८ सिगानाको वडा कार्यालय भवन र मध्य पाहाडी लोकमार्ग हुँदै विहुँसम्म पनि गुड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्