१४ बैशाख २०८१, शुक्रबार

 

कालिका कन्या माविमा ६ जना दाताले बनाई दियो ६ ओटा कोठा

कालिका कन्या माविमा ६ वटा कोठा बनाई दिने र अन्य सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको छ ।आफ्नो बुबाआमा ,सासु सुसुरा ,श्रीमान ,श्रीमतीको सम्झनामा ६ लाख ५० हजारको दरले कोठा बनाई दिने रमण कुमार श्रेष्ठ ,भिमसेन कुमार श्रेष्ठ ,श्रवणलाल शाक्य ,समिर कुमारी श्रेष्ठ ,विमला भारीलाई सम्मान गरिएको छ ।

जग्गा दाता कृष्ण कुमार श्रेष्ठ, ३० हजारको खानेपानीको र शैक्षिक सामान दिनु हुने कल्पना भारी श्रेष्ठ ,१ लाखको खानेपानीको सामान दिनुहुने मन्दिरा श्रेष्ठ, ४५ हजारको सेतो पाटी दिनुहुने इश्र्वर श्रेष्ठ र सोनि श्रेष्ठ ,फर्निचर उपलब्ध गराउने सिद्धार्थ वनस्थलिको प्रिन्सिपल रूपक राजवंशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रअ तथा संरक्षक रत्रा श्रेष्ठ ,वडा अध्यक्ष लक्ष्मी बास्कोटा ,पुर्व महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठ ,समाजसेवी लालचन्द्र राजभण्डारी , शिक्षक माहासंघका सचिव केशव रेग्मी, बागलुङ समाज कल्याण केन्द्रको पुर्व अध्यक्ष श्रवणलाल शाक्य ,बागलुङ समाज कल्याण केन्द्र महिला समुहको अध्यक्ष निर्मला श्रेष्ठ ,विममाविको प्रअ जगन्नाथ आचार्य ,नेपाल शिक्षक संघ बागलुङको अध्यक्ष उमाकान्त शर्मा पौडेल ,शिक्षक सुर्दशन कडेल ,विद्यार्थी शंकर परियारले मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयका प्रअ धनराज सापकोटाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भिमसेन कुमार श्रेष्ठको अध्यक्षता ,स्वागत शिक्षिका हुमा रिजाल ,धन्यवाद शिक्षक ईश्वर ठाकुर पौडेल र संचालन शिक्षक लक्ष्मीकान्त पौडेलले गरेका थिए ।


फोटो– मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्