२७ बैशाख २०८१, बिहीबार

 

आयो फोल्ड गर्न मिल्ने स्मार्टफोन

सामसुङले फोल्ड गर्न मिल्ने अर्थात फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ ।

उक्त स्मार्टफोनले फाइभ जी प्रविधिमा आधारित वायरलेस टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ । यसलाई सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरूपमा विकास गरिएको छ र यसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का साथै अरु विशेषता थपिएको छ ।

अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको उक्त फोल्डेबल स्मार्टफोनको नाम ‘ग्यालेक्सी फोल्ड’ राखिएको छ । यो एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट छ अर्थात उक्त स्मार्टफोनलाई पुरै खोल्दा ट्याबलेटका रूपमा प्रयोग गर्न सकिन्छ भने फोल्ड गर्दा स्मार्टफोनका रूपमा प्रयोग गर्न सकिन्छ ।

यो स्मार्टफोन अप्रिल २६ देखि बजारमा आउने छ । यसको अन्तर्राष्ट्रिय मूल्य १ हजार ९ सय ८० अमेरिकी डलर तोकिएको छ । कम्पनीका अनुसार यो स्मार्टफोनमा एकै समयमा तीनवटा एप्स प्रयोग गरी युट्युब हेर्न, साथीहरूसँग अन्तरक्रिया गर्न तथा यात्राका लागि नयाँ गन्तब्य खोज्न सकिन्छ ।

स्मार्टफोनको मेन डिस्प्ले क्वाड डाइनामिक एमोलेड छ भने कभर डिस्प्ले एचडी प्लस सुपर एमोलेड छ । फोटोग्राफीका लागि यो स्मार्टफोनमा ट्रिपल रियर क्यामेरा छ जसमा १६ मेगापिक्सेल प्लस, १२ मेगापिक्सेल प्लस तथा १२ मेगापिक्सेलको लेन्स छ ।

त्यसैगरी १२ जीबीको ¥याम युक्त यो फोनमा ५१२ जीबीको स्टोरेज उपलब्ध हुन्छ । पावरका लागि ४,३८० एमएएचको ब्याट्री प्याक छ भने फास्ट चार्जिङ प्रविधि र वायरलेस चार्जिङको सुविधा छ । ग्यालेक्सी फोल्ड एन्ड्रोयड पाइ ९।० अपरेटिङ सिस्टममा सञ्चालन हुन्छ ।

रोयोले

रोयोले नामक कम्पनीले गत वर्ष नै फोल्ड गर्न मिल्ने विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरिसकेको थियो । उक्त स्मार्टफोनको नाम फ्लेक्सीपाई स्पोर्ट्स राखिएको छ । यसमा ७ दशमलव ८ इन्चको डिस्प्ले छ । यो फोन फोल्ड गरिसके पछि ४ इन्चको हुन्छ । यसको ब्याक प्यानलमा ड्युअल रियर क्यामेरा सेटअप छ, जसमा १६ एमपी प्राइमेरी क्यामेरा उपलब्ध छ ।

हुवावे

हुवावेले स्पेनको बार्सिलोनामा सम्पन्न मोबाइल वल्र्ड कांग्रेस–२०१९ को पूर्वसन्ध्यामा फाइभ जी प्रविधि सपोर्ट गर्ने फोल्डेबल स्मार्टफोन मेट एक्स लन्च गरेको छ । हुवावे मेट एक्सलाई खोल्दा ८ इन्चको ¥याप अराउन्ड ओएलईडी ट्याब्लेट डिस्प्ले देखिन्छ । यसलाई बन्द गर्दा ६ दशमलव ६ इन्चको स्क्रिनयुक्त स्मार्टफोनमा परिवर्तन हुन्छ । फोल्ड नगर्दा यसको डिस्प्ले ८ इन्चको हुन्छ । यसमा किरिन ९८० प्रोसेसर छ, जसका कारण यसको पर्फमेन्स उच्च छ । यो स्मार्टफोनमा बलोङ ५००० फाइभ जी मोडेम उपलब्ध छ । फाइभ जी नेटवर्क सपोर्ट भयो भने यसले ३ सेकेन्डमै १ जीबी डाटा डाउनलोड गर्न सक्छ । यसमा ४ हजार ५ सय एमएएचको ब्याट्री छ । हुवावे सुपरचार्जको सहयोगले यसलाई ३० मिनेटमै ८५ प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा ८ जीबी ¥याम छ भने ५१२ जीबी स्टोरेज छ । हुवावेको फोल्डेबल फोनको अन्तर्राष्ट्रिय बजार मूल्य २ हजार ६ सय डलर छ ।

टीसीएल

टीसीएलले फोल्ड गर्दा स्मार्टवाचमा परिवर्तन हुने फोल्डेबल स्मार्टफोनको विकास गरिरहेको छ । टीसीएलले दुई ट्याब्लेट तथा दुई स्मार्टफोन गरी चार वटा नया“ डिभाइसका लागि कार्य गरिरहेको बताएको छ । यसरी फोल्ड हुने स्मार्टफोन २०२० सम्ममा बजारमा आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्