१४ बैशाख २०८१, शुक्रबार

 

५ म्याग्नीच्युडको भूकम्प

टोकियो । जापानमा ५.२ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम सम्बन्धि निकायका अनुसार जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा स्थानीय समयाअनुसार बुधबार दिउसो १ः५३ बजे सो भूकम्प गएको हो ।
यस भूकम्पपछि सुनामीको सूचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ ।
तोकुशिमानजिकै रहेको क्षेत्र बढी प्रभावित भई आएको यस भूकम्पलाई जापानको भूकम्प मापन क्षेत्रले भने ४ म्याग्नीच्युडको मात्र मापन गरेको जानकारी दिएको छ ।
भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । हालसम्म यस भूकम्पछि मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्