१४ बैशाख २०८१, शुक्रबार

 

अत्यधिक अण्डा सेवनले मुटु जोखिम !

काठमाडौं । नियमित रुपमा अण्डाको सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । अण्डामा धेरै खालका पोषकतत्वहरु पाइन्छ । यसमा भिटामिन, मिनरल्स तथा उच्च गुणस्तरको प्रोटिन हुन्छ ।
तर पछिल्लो एक अध्ययनमा  अत्यधिक अण्डा सेवनले मानिसको मुटुमा असर गर्ने देखाएको छ ।  अमेरिकको नर्थवयस्र्टन युनिर्भसिटीका भिक्टर जोङ्ग नेतृत्वको टोलीले गरेको अनुसन्धानमा यस्तो देखाएको हो ।

अत्याधिक अण्डा सेवन गर्नाले मुटु रोगको जोखिम बढ्ने र मानिसको अकालमै ज्यान जाने देखाएको हो ।अध्ययनले हप्तामा ३ देखि ४ वटा अण्डा सेवन गर्नेहरुको, नगर्ने भन्दा ६ प्रतिशत बढी मुटु सम्बन्धि रोग हुने देखाएको हो ।
करिब तीस हजार व्यक्तिहरुमा  सत्र वर्ष लगाए। उक्त्त अध्ययन  गरिएकाे  थियाे ।

टोलीका संयोजक जोङ्गअनुसार अण्डाको पहेलो भाग आहारबाट पाइने कोलेस्टोरको मुख्य स्रोत हो । स्वस्थ्य आहारका लागि मानिसहरुले थोरैमात्रमा कोलेस्टोर लिनुपर्छ, थोरै कोलेस्टोर लिने व्यक्तिमा मुटरागेको जोखिम कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्