१४ बैशाख २०८१, शुक्रबार

 

नयाँ वर्षको अवसरमा बाईक किन्दा भगवती ट्रडर्सले ७ हजार छुट दिने

बागलुङ । बागलुङ भगवती ट्रडर्सले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी ‘डिसकाउन्ट अफर’ ल्याएको छ । टीभीएस अपाची मोटर बाईक किन्दा नगद ७ हजार ‘डिसकाउन्ट’ दिने  भएकाे छ ।

ट्रडर्सले नयाँ वर्षको अवसरमा अपाची आरटीआर २ सय सीसीको मुल्य सवा तीन लाख रहेकोमा ७ हजार डिसकाउन्स सहित ५० प्रतिशत फाईन्नस सुबिधामा उपलब्ध गराउन सक्ने जनाएको छ । त्यसैगरी अपाची आरटीआर १ सय ६० फोर बी, र टीभीएस स्कुटरको मुल्य क्रमशः २ लाख ८५ हजार ९ सय र १ लाख ८९ हजार ९ सय रहेको छ ।

टेडर्समा उपलब्ध भैरहेका टीभीएस आईगो र टीभीएस जुपिटर क्लासिकको ममुल्य क्रमशः १ लाख ९३ हजार ९ सय र १ लाख ९८ हजार ९ सय रहेको छ । साथै टीभीएस एनट्रक्सको को मुल्य २ लाख २४ हजार ९ सयमा जिपिएस र ब्लुतुथ उपलब्ध हुने जानकारी गराएको छ ।

ट्रेडर्सले खासगरी बागलुङका ग्राहकलाई केन्द्रित गरी ७ हजार नगद डिसकाउन्ट सहित ५० प्रतिशत फाईन्नस सुबिधा उपलब्ध गराएर नयाँ वर्ष अफर ल्याएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्