१४ बैशाख २०८१, शुक्रबार

 

महिला शेयर सदस्यहरुका लागि वित्तीय साक्षरता तालिम

बागलुङ । जिल्लास्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो दशौं स्थापना दिवस नवाहव्यापी रुपमा विविध कार्यक्रमहरु गरी मनाईरहेको छ ।

नवाहव्यापी कार्यक्रम अन्तर्गत आज छैठौ दिन बागलुङ बजारमा महिला शेयर सदस्यहरुको गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको हो । बागलुङ बजारको होटल समिटमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतीथिको रुपमा संस्थाका सल्लाहाकार एवं महिला नेतृ सकुन्तला शर्माले सम्वोधन गरिन् ।

शर्माले महिला दिदीवहिनीहरु वित्तीय रुपमा कमजोर हुँदा हिंसाको शिकार बन्नुपरेको भन्दै सहकारी संस्थाहरुले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरुले केही हदसम्म वित्तीय रुपमा साक्षर बन्न सघाउ पु¥याउने भनाई राखिन । उनले महिलाहरु मात्र नभएर सम्पूर्ण मानिसहरु वित्तीय रुपमा साक्षर हुन सके समृद्धिको सपना साकार हुनेमा दुईमत नरहेको समेत धारणा राखिन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, अन्तरपाट्री महिला सञ्जालका उपाध्यक्ष एवं सिवाईसी साकोसका सदस्य उषा पौडेल, जि.पी. फाउण्डेसन बागलुङका कोषाध्यक्ष कल्पना हमाल, सिवाईसी साकोसका सचिव वेदप्रसाद शर्मा, सहसचिव ताराबहादुर वि.क, महिला उद्यमी भिमा श्रीस लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङ अध्यक्ष एवं सिवाईसी साकोसका ऐक्सेस कार्यदल सदस्य सीता शर्माले सहकारीको पृष्ठभुमी, सहकारीको वर्तमान अवस्था, सहकारीमा महिलाको अवस्था र तथ्याङ्क, सहकारी मार्फत महिलाहरुको शशक्तिकरण, सहकारीमा देखीएका समस्या र समाधानका उपायहरु लगाएतका विषयमा प्रशिक्षण गरेकी थिइन् भने वित्तीय साक्षरता सम्वन्धमा संस्थाका प्रवन्धक नवराज शर्माले प्रशिक्षण गरेका थिए । कार्यक्रमकै अवसरमा संस्थाले सुरुवात गरेको सकरात्मक सोच कार्यदल गठन अभियान अन्तर्गत १९ सदस्यीय सकरात्मक सोच कार्यदलको गठन भएको छ ।

१०० जना भन्दा धैरै महिला शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संस्थाको महिला विकास उपसमितिका संयोजक सीता सापकोटाले गरेकी थिइन् भने कार्यक्रमको स्वागत र सञ्चालन महिला विकास उपसमिति सदस्य पुतली थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्