३ जेष्ठ २०८१, बिहीबार

 

स्थानीय निकायको चुनावमा राप्रपा पहिलो शक्ति भएर उभिन्छ — श्रेष्ठ

 

हरि शर्मा  बागलुङ,चैत्र ८ — राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रीय सदस्य दुर्गा देवी श्रेष्ठले आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावमा राप्रपा पहिलो शक्ति भएर जनता समक्ष आउने बताएकी छन । उनले त्यसका लागि चुनाव केन्द्रित वातावरण बनाउन आफ्ना नेता कार्यकर्तालाइ आग्रह गरेकी छन । बागलुङमा मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमितीको कार्यालयको उद्घाटन पश्चात आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम उनले यस्तो बताएकी हुन । उनले स्थानीय चुनावको लक्षित गरेर प्रत्येक जनताको घरधुरीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेको पत्र पठाउने बताइन । पत्रमा पार्टीको नीती तथा चुनावी कार्यको बारेमा उल्लेख रहेको उनले बताइन ।
त्यस्तै उनले राप्रपाको चुनाव केन्द्रित निर्देशिका वितरण गर्दै त्यसमा उल्लेख गरिएका कुराहरुको बारेमा जानकारी गराएकी थिइन । सोही अवसरमा राप्रपाका केन्द्रिय सदस्य दिलविकास राजभण्डारीले पार्टीको धारणा राखेका थिए ।
कार्यक्रम राप्रपा जिल्ला कार्यसमितिका अध्यक्ष शुरेन्द्र खड्काको अध्यक्षता, उपाध्यक्ष नविनचन्द्र सेरबुजाको स्वागत र सचिव विष्णु सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्