३ श्रावण २०८३, आईतवार

 

उकाली चढ्दा

- ( कविता )

युक्त सुवेदी ।

उकाली चढ्दा मकालुको छातीमा
मकालु चढ्दा उकालीका थुम्का कन्दरामा
विश्रान्ती लिनुपर्ने नियतीको भोगाई रहेछ ।।।।।।।।।।।।।।।मान्छेको जिन्दगी ।
तिनै अनेकन भोगाईका कुण्ड कुण्डमा
तैरिई रहेछ मान्छेको जिन्दगी
अनि अतृप्त नशाहरुमा अल्झिर्इ रहेछ ।

मकालु चढ्दा उकालिको अस्मिताको रक्षा गर्दै
थुम्का कन्दरामा रमाउनु पर्ने मान्छेको जिन्दगी
सपनाको सिरानी हालेरै भए पनि वाँची रहेछ ।

किम्वदन्तीमा वांचेको मनको भित्र भित्रै
पुनरावृत्ती भै रहेछ मान्छेको जीन्दगी
अनि त आशाको सपना वोकेरै भएपनि वाँची रहेछ ।

अनास्थाको पहिरोमा पुरिएका पाईलाहरु संगै
आंफ्नै विश्वासमा पखालिएको मान्छेको जिन्दगी
विषाक्त वचन पिएर पनि वाँची रहेछ ।

पुर्णताको पखाईमा रहेका विचारहरुको प्रतिविम्वमा
मुस्कुर्राई रहेको मान्छेको जिन्दगी
सिर्जनाका आँसु पिएर पनि वाँची रहेछ ।

कुल्चीएका अनुत्तरित यत्नहरुको चक्रसंगै
आशाको वादलमा मडारिएको मान्छेको जिन्दगी
अभिशप्त समयलाई पर्खेर पनि वाँची रहेछ ।

विस्मृतिमा हर्राई रहँदा पनि
स्मृतिमै रहेको नाटक गर्ने मान्छेको जिन्दगी
सौर्न्दर्यताका सयपत्री खुम्च्याएर पनि वाँची रहेछ ।

भाँचिएका वाहृखरीको दम्भमा
उन्मत्त भएको मान्छेको जिन्दगी
विद्धताको मुकुण्डो लगाएर पनि वाँची रहेछ ।

वगलिमा छुरा राखेर पनि
मुखमा राम राम जप्ने मान्छेको जिन्दगि
मात्सर्यताको आगोमा जलेर पनि वाँची रहेछ ।
मात्सर्यताको आगोमा जलेर पनि वाँची रहेछ ।।।।।।।।।मान्छेको जिन्दगि
अस्तु

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung