३ श्रावण २०८३, आईतवार

 

नयाँ जीवनकाे अाशामा (कबिता)

हाे
याे हाम्रो घर अघिकाे
बुढाे रूख नयाँ
जीवनकाे पर्खाइमा छ
अझै उसलाई अाशा छ
मैले नयाँ जीवन पाउछु
अझै उसलाई बिश्वास छ
अाफु पुनरजिबित हुनेमा
हाे
त्यही बिश्वासकै कारण
उ अरू रूखले हरियाली
दिदा पनि अाफु निरास
भएको छैन हरेस खाएको छैन
उसलाई बिश्वास छ
याे बर्षा पछि अाफुले
नयाँ जीवन पाउनेमा
त्यही भएर उसले
प्रकृतिमा हरियाली
दिने दृढ अठोट गरेको छ
बरू हिउँद भरि अाफु
नाँगाे बस्न तयार छ
जाडो खेप्न तयार छ
तर
उसलाई पुरै बिश्वास छ
अाफुले पुन सबैलाई
हरियाली दिने
शितल छहारी दिने
हाम्राे घर अघिकाे
बुढाे रूख नयाँ
जीवनकाे पर्खाइमा छ
हाे
हामी मान्छेहरूले पनि
यही बुढाे रूखकाे जस्तो
सँकल्प लिन जरुरी छ
उत्साहित हुन जरुरी छ
हाे हामीले प्रकृति सँग
सिक्न जरुरी छ
भिज्न जरुरी छ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung