३ श्रावण २०८३, आईतवार

 

व्यापारमा फड्को मार्दै मनोज खड्का

मुकेशचन्द्र राजभण्डारी
चैत्र १२ ,बागलुङ
यहाँका २९ बर्षीय मनोज खड्काले २५ जनालाई रोजगारी दिएका छन भन्दा तपाईहरुलाई अचम्म लाग्ला । आजभोली मनोज खड्का आफ्नो व्यापारमा व्यस्त छन । २०६८ सालमा सुरु गरेको व्यापारले धेरै फड्को मारेको छ । उनले सुरुमा बागलुङ भगवती टे«डर्स ५० लाखको लगानीमा सुरु गरेका थिए । उनले भनेँ ‘मैले व्यापार सुरु गर्दा बागलुङ र यो क्षेत्रको यातायात सेवाले धेरै बजार विस्तार गरेको थिएन,अहिले गाँउ—गाँउमा यातायात सेवा पुगेर व्यापार राम्रो भएको छ ।‘ उनले आजकल ग्लोव्याट ब्याट्री,डेल्टा इन्र्भटर ब्याटी«,लेन्टो इन्र्भटर,पेट्रोनस लुप्रिक्यान्स,टायर,होल्याण्डको ट्याक्टर ,पार्टसहरु विक्रि गरिरहेका छन । यस्का साथै उनी बागलुङ भगवती इन्भेस्टमेन्ट प्रा.लिको व्यापारमा समेत व्यस्त छन । वि.सं २०६८ सालमा एकजना व्यक्तिलाई रोजगारी दिएका उनले अहिले २५ जनालाइ रोजगारी दिन सफल भएका छन । न्युनतम तलव ११ हजार ५ सय देखि ४० हजार सम्म यहाँ रोजगार गर्नेहरुले तलव खाइरहेका छन । ‘मैले यो व्यापारको साथै साथीहरु सँग मिलेर बागलुङ भगवती यातायात सेवा समेत सुरु गरेका छु ,उनले भनेँ मेहनत गरे बागलुङमा युवाहरुको भविष्य छ ।‘
बागलुङ भगवती यातायात सेवाका महासचिव समेत रहेका खड्का भगवती यातायातको देशैभरी सञ्जाल विस्तार गर्न व्यस्त छन । खड्काले शो—रुम,गोदाम, पार्स पसल,वर्कसप गरेर उपभोक्ताहरुलाई धेरै सेवा उपलव्ध गराएका छन । ‘बजार प्रतिस्पर्धी भएपनि गुणस्तरीय सामान र सुपथ मुल्यका कारण मैले ग्राहकको मन जितेको छु । बागलुङको यातायातको बजारमा मैले मेरो व्यापारलाई विस्तारै स्थापित गरिरहेको छु ।‘ गुणस्तरीय सामान,दक्ष जनशक्ति,राम्रो सेवा र सफल सुचना प्रणाली मेरो व्यापार सफलताको कारण हो । अहिले मैले यस क्षेत्रमा उत्साहित भएर थप लगानी गर्ने विचार गरेको छु,हामीजस्तो युवा व्यापारीहरुलाई राज्यले प्रोत्साहित गर्नुपर्दछ । उद्योग र व्यापार जस्तो चुनौती र सम्भावनाको क्षेत्रलाई राज्य र सरोकारवालाहरुले ध्यान दिन सके धेरै युवाहरु यो क्षेत्रमा आकर्षित हुन सक्छन ।‘
बानपा ३ गुठीमा २९ बर्ष अगाडि जन्मेका खड्काले २०६८ सालमा बागलुङ बजारको हल्लनचोकमा आफ्नो व्यवसाय सुरु गरेका थिए । खड्काले भनेँ, मैले व्यापारमा परिवार र बजारबाट राम्रो साथ पाएको छु । भविष्यमा पनि यस्तै साथ पाईरहे नयाँ क्षेत्रहरुमा पनि लगानी गर्ने सोच राखेको छु ।‘

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung