३ श्रावण २०८३, आईतवार

 

लेखेर के पाउछस,भनी सोध्ने गर्छन (मुक्तक)

१) न अघाउछस न मोटाउछस,भनि सोध्ने गर्छन
बेकार मा पाना अनि मसि सकाउछस,भनि
सोध्ने गर्छन
म निशब्द हुन्छु अनि केही बोल्नै सक्दिन
जब सारा दुनियाँ ले लेखेर के पाउछस,भनी सोध्ने गर्छन।।

२)उनलाई राम मन पर्छ मलाई, सीता, मन पर्छ
दुनियाँ लाई हामी बिच को, रमिता मन पर्छ

भन तिम्रो र मेरो कसरि सम्झौता हुन सक्छ
मलाई मुक्तक मन पर्छ तिमिलाई, कबिता मन पर्छ

३)नभनेरै केही कुरा ,लुकेको हुन सक्छ ,
भित्रभित्रै गुम्सिएर, सुकेको हुन सक्छ

उसले चोटै-चोट प्रहार गर्नु पुर्ब सोच्नु पर्थ्यो,
उसको पनि त मनै हो ,दुखेको हुन सक्छ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung