३ श्रावण २०८३, आईतवार

 

पर्यटन विकासको आँखामा वागलुङ ः सम्भावना र अवसर

मुलुकको चौतर्पिm विकासका लागि शिक्षा स्वास्थ्य सञ्चार खानेपानी सडक यातायात विद्युत जस्ता आधारभुत शर्तहरुका साथसाथै मानव विकासको अनिवार्य शर्तको रुपमा रहेको पर्याप्त आर्थिक तथा सामाजिक विकासका कृयाकलापहरु समेतको विकास हुनु आवश्यकछ । आर्थिक तथा मानवीय विकास समग्र विकासको मेरुदण्ड हो । कुनैपनि मुलुकको आर्थिक विकासको गतिले अन्य भौतिक तथा सामाजिक विकासको गतिलाई निर्देशित गर्दछ । त्यसैले भौतिक विकासका साथसाथै आर्थिक तथा सामाजिक विकासका कृयाकलापहरु पनि निर्धारण गरिनु पर्दछ ।
नेपालको सन्दर्भमा आर्थिक विकासका विभिन्न क्षेत्रहरु मध्ये पर्यटन विकास एक महत्वपुर्ण क्षेत्र हो । नेपाल पर्यटन विकासका आधारको रुपमा रहेका विभिन्न कला संंस्कृतिहरु र सुन्दरतम प्रकृतिक छटाले भरिपुर्ण देश हो । उच्च मनोरम हिमश्रृखंला, उच्चपहाडी तथा हिमाली दृश्यहरु, भञ्ज्याङहरु, नदिनालाहरु, तालतलैयाहरु, गुफाहरु, मठमन्दिर तथा धार्मिकस्थलहरु, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु, प्राकृतिक विविधता,कलाकृतिहरु तथा सस्ंकृतिहरु नेपालको पर्यटन विकासका आधारहरु हुन भने हिमाल आरोहण, पैदल यात्रा, ¥याप्mटिङ, वोटिङ ,वन्यजन्ुतु शिकार तथा निकुञ्जहरुको अवलोकन, हात्तिसयर, प्याराग्लाईडिङ, बन्जिजम्पिङ, धार्मिक तथा सांस्कृतिक स्थल अध्ययन अवलोकन आदी पर्यटनसंग सम्बन्धित कृयाकलापहरु हुन । प्रकृतिप्रदत्त प्राकृतिक स्वरुप वा सौन्दर्यता होस वा मानव निर्मित धार्मिक सांस्कृतिक तथा सामाजिक स्थलहरु हुन सवै नेपालको पर्यटन विकासका आकार्षणहरु हुन । हाल नेपालको पर्यटन व्यवसायका लागि निर्धारण गरिएका क्षेत्रहरु मात्र हौईन देशका विभिन्न भागमा छरिएर रहेका प्राकृतिक तथा मानव निर्मित सम्पदाहरुलाई मध्यनजर गरी पर्यटकीय मार्गको सञ्जाल निर्माण गरी सुरक्षित वातावरण दिनेहो भने वागलुङ जिल्लामा पनि धार्मिक तथा सांस्कृतिक पर्यटन, वातावरणीय पर्यटन र जैविक पर्यटनको उर्वर भुमीकोको रुपमा विकास गर्न सकिने पर्याप्त सम्भावना र अवसरहरु रहेका छन ।
यसै सन्दर्भमा वागलुङ जिल्ला पनि पर्यटन विकासका धेरै सम्भावना वोकेको क्षेत्र हो । आकारको हिसावले वागलुङ जिल्लालाई नेपाल भित्रको नेपाल, अर्थात मिनि नेपालको रुपमा चिनिन्छ । वागलुङ जिल्लाको वागलुङ वजार धौलागिरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र हो । वागलुङ जिल्लामा प्रशिद्ध कालिका भगवति मन्दिर, नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष, उत्तर गंगा, ऐतिहाँसिक महत्वको गल्कोट दरवार, गाजाको दह, घुम्टेको लेक, जस्ता दृश्यावलोकन योग्य स्थलहरु रहेका छन । आञ्चलिक हिसावले हेर्दा म्याग्दीको गलेश्वर धाम, विश्वको गहिरो गल्छी दाना अन्धा गल्छी, तातोपानी कुण्ड, विश्वकै अग्ला हिम श्रृखंलाहरु मध्येको धौलागिरी हिमश्रृखंला, मुस्ताङको मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, निलगिरी हिमाल तथा अन्नपुर्ण वेसक्याम्प, आदी यांहाका आन्त्रिक तथा वाह्य पर्यटनका आधारहरु हुन् । नदि वहावको दृष्टिकोणवाट हेर्दा कालिगण्डकी वहाव क्षेत्र प्राचिन तथा अर्वाचिन सभ्यताको महत्वपुर्ण क्षेत्र हो भन्ने कुरा दामोदर कुण्ड, मुक्तिनाथ, कागवेनी क्षेत्र गलेश्वर, कालिका तथा मालिका भगवती क्षेत्र, निरयघाट, गुप्तेश्वर, सालिग्राम, सेतिविनि, रुरु रिडि, व्यास, केलादि घाट, हरिहर धाम देवघाट र त्रिवेणि जस्ता धार्मिक स्थलको माध्यामद्धारा उद्गमित मानव सभ्यतावाट पुष्टी गर्न सकिन्छ । वागलुङ नगरमा अवस्थित देवी स्थान (हाल कालिका भगवतीको नामले प्रख्यात) मन्दिर क्षेत्र यस क्षेत्रको महत्वपुर्ण धार्मिक स्थल मध्यको एक हो । तत्कालिन पर्वतका राजा प्रतापि नारायण वम मल्लले वि.सं. १५९१ तिर स्थापना गरेको यो मन्दिर र यस भित्र प्रतिस्थापित महाकाली, महालक्ष्मी तथा महासरस्वती (देवी) को शक्ति यस क्षेत्रको मात्र नभै मध्यनेपालकै नागरिकहरुको आस्था र विश्वासको आधार वनेकोछ । यसै सिलसिलामा वागलुङ नगरलाई धौलागिरीकै व्यापारिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने उद्धेश्यले वागलुङ नगरपालिकाले “मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर समृद्ध साँस्कृतिक वागलुङ नगर” भन्ने दिर्घकालिन भिजन तय गरिसकेको छ । यो भिजनले वागलुङलाई प्रशासकीय मात्र होईन व्यापारिक, पर्यटकीय तथा सूचना प्रविधिको केन्द्रको रुपमा विकास गर्ने महान अभिलाषा वोकेको छ । माथी उल्लेखित वागलुङ तथा धौलागिरीकै सम्पदाहरुको संरक्षण तथा सम्वर्धन र वागलुङ नगरको घनाजंगल भित्र अवस्थित प्रशिद्ध कालिका भगवती मन्दिर क्षेत्रको पर्याप्त र व्यवस्थित विकास गर्दै वागलुङ नगरलाई धौलागिरीकै आर्थिक विकास केन्द्रको रुपमा राखि पर्यटन विकासका पुर्वाधारहरु निर्माण गरि आर्थिक विकासका कृयाकलापहरुका लागि मार्ग प्रशस्त गर्नु यस क्षेत्रको पर्यटन विकासको आधार श्रृजना गर्नु हो । यस परिकल्पनालाई साकार रुप दिन केहि आधारशिलाहरु निर्माण गर्नु आवश्यक छ ।

वागलुङ पर्यटन विकासका केहि आधारशिला सम्भावना, भुमिका र त्यसका पक्षधरहरु
 धौलागिरीका सवै धार्मिक तथा प्राकृतिक सम्पदाहरुलाई पर्यटन विकासको राष्ट्रिय नीतिमा समावेश गरि एकिकृत योजना निर्माण गर्ने, यसका लागि राजनैतिक दल तथा व्यवस्थापिकामा धौलागिरीवाट प्रतिनिधित्व गर्ने माननीय सभासदज्युहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
 वागलुङ वजार देखि हिमालि दृश्यावलोकन गर्न सकिने नगरको उच्च क्षेत्रमा रहेका विभिन्न कोटहरु, गाजाको दह, भकुण्डे तथा ढोरपाटन शिकार आरक्षसम्म सवारी यातायातको रेखाकंन भै सकेको छ रेखाकिंत सडकहरुको स्तरोन्नति गर्ने र यसका लागि स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
 वागलुङ वजारदेखि नगरको शिरविन्दु हुंदै पहाडैपहाड गाजाको दह तथा ढोरपाटन शिकार आरक्षसम्म र वागलुङ वजारदेखि भकुण्डे, भैरवस्थानसम्मको व्यवस्थित पैदलमार्ग निर्माण गर्ने यसका लागि नेपाल सरकार र स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
 प्रस्तावित मध्यपहाडि लोकमार्ग निर्माणलाई तिव्रता दिने र पुर्व पश्चिम मार्ग सञ्चालन गर्ने यसका लागि नेपाल सरकारको भुमिका महत्वपुर्ण रहने छ ।
 वागलुङ जिल्लाको वलेवा विमानस्थल सञ्चालनमा ल्याउने, विकल्पमा पर्वतको पाङमा विमानस्थल निर्माण गरी सञ्चालनमा ल्याउने र ढोरपाटन विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने हुन्छ ।
 म्याग्दीको वेनि वजार देखि पहाडै पहाड धौलागिरी आधार शिविरसम्मको व्यवस्थित पैदल मार्ग निर्माण गर्ने यसका लागि नेपाल सरकार र स्थानीय निकायहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
 वागलुङ मालढुंगा देखि पर्वतको सेतविनि सम्मको कालीगण्डकिमा ¥याफ्टििङ मार्ग निर्माण गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय तथा स्थानीय पर्यटन व्यवसायीहरुको भुमिका महत्वपुर्ण रहनेछ । ।
 स्थानीय कला र संस्कृतिको संरक्षण र सम्वर्धन गरि नियमित प्रदर्शन गर्ने यसका लागि स्थानीय समुदाय तथा यसका संघ संस्थाहरुको महत्वपुर्ण भुमिका रहनेछ ।
 देशका सवै पर्यटकीय क्षेत्रहरुको सूचना प्राप्त हुने गरी वागलुङमा पर्यटन सूचना केन्द्रको स्थापना गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय र सूचना प्रविधिको क्षेत्रसंग सम्बन्धीत व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहनेछ ।
 वागलुङ कालिका र वागलुङ नगरको शिरस्थानमा रहेको वागलुङ मालिकालाई जोड्ने व्यवस्थित पैदल मार्ग निर्माण गर्ने यसका लागि कालिका भगवती मन्दिर गुठि समिति,मालिका जैविक वन समिति र वागलुङ नगरपालिकाको भुमिका महत्वपुर्ण रहनेछ ।
 वागलुङ कालिका मन्दिर परिसरको दक्षिण पश्चिम तर्पmदेखि काँठेखोला किनारसम्मको क्षेत्रमा वन्यजन्तु आरक्षणको व्यवस्था गर्ने यसका लागि कालिका भगवती गुठि सञ्चालक समिति, रामरेखा सामुदायिक वन र जिल्ला वन, तथा भु–संरक्षण कार्यालयको भुमिका महत्वपुर्ण रहनेछ ।
 म्जबगबिनष्चष् नामको धभदकष्तभ निर्माण गर्ने, धौलागिरी क्षेत्रका सवै सम्पदाहरुलाई समेटी डकुमेन्ट्री तयार गरी प्रचारमा ल्याउने यसका लागि स्थानीय पर्यटन विकास समितिहरुको भुमिका महत्वपुर्ण रहनेछ । साथसाथै
द्यबनगिलन पबष्पिब नामको धभदकष्तभ निर्माण गर्ने ब्रोसरहरु निर्माण गरी वागलुङ आउने आगन्तुकहरुलाई उपलव्ध गराउने व्यवस्था मिलाउने र व्यापक प्रचार प्रसार गर्ने यसका लागि कालिका भगवती गुठि समितिको भुमिका महत्वपरर्ण रहनेछ ।
 गण्डकी वहाव क्षेत्रका महत्वपुर्णस्थलहरु हरिहरधाम देवघाट, फेवाताल, मुक्तिनाथ, वागलुङ कालिका, ढोरपाटन शिकार आरक्ष, स्वर्गद्धारी हुंदै लुम्वीनी क्षेत्र सम्मको पैदल मार्गको सञ्जाल निर्माण गर्ने यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय, तथा राजनैतिक दलहरुको महत्वपुर्ण भुमिका रहने छ ।
 खुदुर्के कालिगण्डकीदेखि कैलामपोखरी सम्मको काँठेखोला किनार क्षेत्रलाई च्यअप नबचमभल को रुपमा विकास गर्ने र यसक्षेत्रमा स्थानीय सभ्यता र संस्कृतिहरुलाई कलात्मक प्रदर्शन गर्ने यसका लागि रामरेखा सामुदायिक वन, गुठि वनवाटिका कैलामपोखरी वन समुह र वागलुङ नगरपालिकाको भुमिका महत्वपुर्ण रहनेछ ।
 विदेशि तथा स्वदेशि पाहुनाहरु समेतका लागि पर्वत वागलुङ म्याग्दी तथा मुस्ताङमा पर्याप्त आवास गृहहरु (होटल रिसोर्टहरु) निर्माण गर्ने यसका लागि उद्योगि व्यापारी तथा उद्योग वाणिज्य संघ तथा निजि क्षेत्रको लगानी महत्वपुर्ण रहनेछ ।
 वागलुङ वजारको सामिप्यतामा रहेका पर्वत जिल्लाका पाङ नागंलविाङलाई आकासे पुलको माध्यमवाट सिधा
जोड्ने यसका लागि नेपाल सरकार स्थानीय राजनैतिक दलहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
 वागलुङ वजार देखि भकुण्डे र पर्वत वनौ रोप–वे निर्माण गरी सञ्चालनमा ल्याउने यसका लागि स्थानीय उद्यमि व्यवसायी तथा लगानीकर्ताहरुको भुमिका महत्वपुर्ण हुनेछ ।
 वागलुङ नगरको वडा नंं ८ मैदाना देखि पर्वत पाङसम्म प्याराग्लाईडिङ उडान सञ्चालन गर्ने यसका लागि पर्यटन व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहनेछ ।
 राष्ट्रियस्तरका कार्यक्रमहरु सञ्चालन क्षमताका सभाहलहरु निर्माण गरी सञ्चालनमा ल्याउने यसका लागि नेपाल सरकार स्थानीय निकायहरु तथा स्थानीय लगानीकर्ताको महत्वपुर्ण भुमिका रहनेछ ।
 वागलुङ वजारलाई मुकाम वनाई वागलुङ नगरको मालिकादेखि पर्वतको सालिजा, सालिजादेखि वागलुङको भकुण्डे, भकुण्डेदेखि पर्वतको वनौ, वनौदेखि वागलुङको भैरवस्थान जोड्ने पर्यटकीय केवलकार निर्माण गर्ने यसका लागि स्थानीय सहयोग र राष्ट्रिय उद्यमिहरुको लगानीको आवश्यकता रहनेछ ।
 वागलुङ तथा धौलागिरीको पर्यटनका सम्भावनाहरुको वारेमा खोज अनुसन्धान तथा प्रचारमुलक लेख रचनाहरु नियमित प्रकाशन गर्ने यसका लागि स्थानीय सञ्चार माध्यम एवं सञ्चारकर्मि तथा पर्यटन प्रेमिहरुको सक्रियता महत्वपुर्ण रहनेछ ।
 धौलागिरी अञ्चलका प्रत्येक जिल्लाका कम्तीमा एक÷एक गाँउमा होम स्टे कार्यक्रम सञ्चालन गर्ने यसका लागि सम्बन्धीत समुदाय,स्थानीय निकाय स्थानीय पर्यटन विकास समितिको भुमिका महत्वपुर्ण रहनेछ ।
 अतिथि देवोः भवः भन्ने मुलमन्त्रलाई आत्मसात गरि यस क्षेत्रमा आउने आन्त्रिक तथा वाह्य पर्यटकहरु प्रति सम्मानजनक व्यवहार देखाउने यसका लागि आम नागरिकहरुको भुमिका महत्वपुर्ण रहनेछ ।
 समग्र व्यवस्थापन तथा निरन्तर सक्रियताका लागि स्थानीय अगुवा तथा सम्बद्ध निकाहरुको संलग्नतामा एक पर्यटन विकास सञ्जाल निर्माण गरि योजनावद्ध तवरले कार्य गर्नुपर्ने यसका लागि विकासप्रेमि स्थानीय अगुवा तथा स्थानीय निकायहरुको सहयोग र भुमिका महत्वपुर्ण रहनेछ ।
अन्तमा
पर्यटन सम्बन्धी गतिविधिहरुवाट निजि क्षेत्रको लगानीमा वृद्धि हुने, लगानी उत्पादनमुखि हुने, स्थानीय रोजगारी श्रृजना हुंदै जाने, स्थानीय उत्पादन व्यवसायिकरण हुदै जाने, स्थानीय श्रोत र साधनको अधिकतम उपयोग हुने, स्थानीय आर्थिक कृयाकलापहरुमा वृद्धि हुने, सामाजिक तथा सांस्कृतिक प्रतिष्ठामा वृद्धि हुने र विदेशि मुद्राको आर्जनमा वृद्धि भै स्थानीय तथा राष्ट्रिय विकासमा टेवा पुग्ने अवस्था श्रृजना हुंदै जानेछ भन्ने कुरामा विमति छैन
कुरा गर्न जति सजिलो छ, काम गर्न र त्यसलाई व्यवहारमा उतार्न त्यत्तिनै कठिन छ । कुरा गर्न, एक्लै सम्भव छ तर कार्ययोजना निर्माण गर्न दक्षता र सहकारिता आवश्यक छ, काम गर्नका लागि ईमान्दारिता, लगनशिलता, जिम्मेवारी र जवाफदेहिता, प्रभावकारी क्षमता, सकारात्मक दृष्टिकोण, श्रोत, साधनको पर्याप्तता अनि अभ्यासमा निरन्तरता आवश्यक छ । त्यसैले उल्लेखित तारतम्यका साथ पर्यटन विकासका पुर्वाधार तयार गर्न एक्लै वा सानोतिनो वलले मात्र सम्भव छैन । त्यसर्थ यो साझा अभियानका लागि एउटा पर्यटन विकास समन्वय समिति वा सञ्जाल निर्माण गरि त्यसको माध्यमवाट यस क्षेत्रका विभिन्न तहका सरकारी तथा गैरसरकारी निकाय, राजनैतिक नेतृत्व र नागरिक समाजका सवै प्रकारका व्यक्ति तथा संस्थाहरुले एकमतका साथ भुमिका निर्वाह गर्ने र धौलागिरीका चारै जिल्लाका सम्वद्ध निकाय तथा सरोकारवालाहरुले धौलागिरीको पर्यटन विकासलाई साझा गन्तव्यको रुपमा आत्मसात गरी अगाडी वढने प्रतिवद्धता गरी केन्द्रीय स्थानीय सरकारी गैह्सरकारी तथा निजि क्षेत्रको लगानीको वातावरण श्रृजना गर्नु आवश्यक छ । यदि यसो गर्न सक्यौं भने मात्र यस क्षेत्रमा पर्यटन विकासको मार्ग प्रशस्त गर्न सकिन्छ र परिवर्तित सन्दर्भमा अत्यावश्यक शर्तको रुपमा रहेको आर्थिक विकासका कृयाकलापहरुमा वृद्धि गर्दै स्थानीय तथा राष्ट्रिय विकासका विभिन्न आयामहरुमा सहयोग पु¥याउन सकिन्छ ।

लेखकः बागलुङ नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत हुन

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung