
वीरेन्द्रको प्राय सबै साथीहरु विदेशमा गईरहेको बेला वीरेन्द्रले व्यापारको लागि गलकोट हटियालाई रोजे । बागलुङ बजारमा होटल व्यवसायमा दाई रवीन्द्रलाई सघाईरहेकै बेला २८ बर्षको उमेरमा हटियामा व्यापार गर्ने योजना बताउदा धेरै साथीहरुले विश्वास गरेनन् । विस २०६२ सालमा २ लाख रुपैयामा उनले हटियामा किराना पसल सुृरुवात गरे ।
किराना पसल गर्दागर्दै विस २०६६ सालमा उनले मनिट्रन्सफरको व्यापार सुरु गर्ने सोच बनाए । गलकोटका सबै गाविसहरुबाट युवाहरु वैदेशीक रोजगारीमा गएको देखेपछि यो पेसा समय सुहाउदो हुने विचार गरे । “मैले धेरै युवाहरु जापान, मलेशिया, खाडिमुलुक, युरोप र अमेरिका गएको देखेपछि छिटो छरिटो रुपमा विदेशबाट पठाएको पैसा घरघरसम्म सजिलैसंग पाउने व्यापार गर्ने सोचका साथ यो पेसा सुरु गरे जसबाट धेरै राम्रो भै रहेको छ । ”
१५ लाखको लगानीमा संचालित घुम्टेमनि ट्रन्स्फरले ३३ वटा मनिट्रान्स्फर कम्पनीसंग सहकार्य गरेर सेवा दिईरहेको छ । गलकोटमा योे व्यवसायमा जम्दै गरेका वीरेन्द्रले भने “चाडपर्व, मेलाको बेला १ करोडसम्मको कारोवार हुने गर्दछ । गाँउघरका जनतालाई समयमै रकम भुक्तान गरेर मैले विश्वास आर्जन गरिरहेको छु । ”
यस बाहेक उनले हटिया बजारमा ग्यासको समेत व्यपार गरिरहेको छ । मिलन स्टोर्स स्थापना गरी गृहलक्ष्मी ग्यासको डिलर लिएर सुरु गरेको व्यापारले राम्रो बजार पाईरहेको छ ।
१२ लाख ५० हजारमा सुरु गरेको ग्यासको व्यापारले राम्रो आम्दानी दिन थालेपछि उनी उत्साहित भन्छन् “मैले व्यापारमा मेहनत गरे, उपाभोक्ताको रुचि अनुसार काम गर्दै जाँडा विस्तारै सफल पनी भै रहेकै छु सबै खर्च कताएर मैले १ लाखभन्दा बढि मुनाफा गरिरहेको छु ” वीरेन्द्रले दुई जना युवाहरुलाई रोजगारी समेत दिएको छ । कर्मचारीहरुले न्युनतम तलव ९ हजार देखी १२ हजारसम्म पाएका छन् ।
व्यावार व्यवसाय बाहेक वीरेन्द्र व्यापारीहरुको हकहितको संरक्षणको लागी गलकोट उद्योग वाणिज्य संघको ईकाइको अध्यक्ष भएर काम गरिरहेको छन् । यस बाहेक नेवार समुदायको भाषा, कला,संस्कृतिको जगेर्ना गर्न र समुदायको पहिचान स्थापित गर्न नेपाल भाषा मंकाखल गलकोट समितिको सचिवको रुपमा समेत क्रियाशिल छन् ।
यस बाहेक गलकोट एफ एम र गलकोट पत्र साप्ताहिक प्रकाशन गर्ने गलकोट सुचना तथा संचार सहकारीको उपाध्यक्ष, गलकोट बहुउद्धेश्यीय सहकारी र गलकोट यातायात प्रालिको कोषाध्यक्ष पदमा रहि काम गर्दै आएका वीरेन्द्रले भने “गलकोट अव पुरानो गलकोट रहेन । यातायात , सञ्चार , शिक्षा, स्वास्थ, कृर्षि, बैकिङ, उर्जा,सहकारी र पर्यटन लगाएतका क्षेत्रहरुमा भएको प्रगतीले यो क्षेत्रको व्यवसायमा उल्लेख्य परिवर्तन आएको छ । धेरै युवाहरुले व्यापार व्यवसायबाट राम्रो प्रगति गरिरहेका छन् । ”