७ जेष्ठ २०८१, सोमबार

 

पञ्चकोटमा गण्डकी माता मूर्तिको प्राण प्र्रतिष्ठा गरियो

 

रामनवमीको अवसरमा बानपा ८ पञ्चकोट सर्वसिद्धिधाममा गण्डकीमाताको मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।
उद्योगी पुष्पमान श्रेष्ठले ५४ लाख रुपैयाको लागतमा उक्त मन्दिर निर्माण गरेका हुन । मन्दिरमा अन्य काम जस्तै बाँकी टाएल र मार्वल पनि विच्छाउदा थप १० लाख लागत लाग्ने भएको छ । उक्त रकम सर्वसिद्धिधामलाई उपलव्ध गराउने उद्योगी पुष्पमान श्रेष्ठले बताए ।

राम नवमीको अवसरमा पञ्चकोटमा पुजापाठ गर्नेहरु ५ सय भन्दा बढी तिर्थालु पुगेका छन । पुजापाठको क्रममा पुगेका समाजसेवी देववहादुर श्रेष्ठले पञ्चकोटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

अहिले सम्म हनुमान मुर्ति निर्माणका साथै ७ सय मिटरको ¥यालिङ सहितको पैदल मार्ग,े अतिथी गृह, मोटरबाटो ,खानेपानी र शिशमहल निर्माण कार्य सम्पन्न भएको छ । अबको २ महिनामा घण्टाको सुरुवात र छिट्टै १ सय ८ फिटको कलशको निर्माण कार्य सुरु हुने अध्यक्ष शर्माले बताए । राधाकृष्ण मन्दिर सेवा समितिले टोलीले भजन किर्तन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्