२९ बैशाख २०८१, शनिबार

 

नेपाली काग्रेसको स्थानीय निर्वाचनका लागि समन्वय समिति गठन

नेपाली काँग्रेस जिल्ला कार्य समिती बागलुङको आईतबार बसेको बैठकले आगामी स्थानीय निर्वाचनगायतका विषयहरुमा महत्वपूर्ण निर्णयहरु गरेको छ । स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा पूर्व सभापति मणिभद्र शर्मा,हरिप्रसाद श्रेष्ठ,सांसदहरु रत्ना शेरचन,चम्पादेवी खड्का,प्रकाश शर्मा पौडेल, ज्ञानकुमारी छन्त्याल,जिल्ला सचिव नवराज पौडेल,कोषाध्यक्ष उमेश गौतम,जिल्ला सदस्य जगदीशचन्द्र उपाध्याय,तीन वटै निर्वाचन क्षेत्रका सभापतिहरु क्रमशः चिरञ्जिवी गौतम,नारायण शर्मा पौडेल,द्रोण कुँवर रहेका छन ।

त्यस्तैगरी प्रदेश नं.४ अन्तरगत यही चैत्र ३० गते पोखरामा सम्पन्न हुने आम सभामा व्यापक सहभागीता जनाउने निर्णय गर्दै संयोजकहरु चयन गरेको छ । जस अन्तरगत जन सहभागीता जुटाउन र यातायात साधानको व्यवस्था गर्नका लागि बानपा–१ मा महेन्द्र आचार्य, बानपा २ मा बसन्तकुमार श्रेष्ठ,बानपा ३ मा शनी केसी,सहदेव राजभण्डारी,शकुन्तला शर्मा,बानपा ४ मा सन्तोष जिसी,भोला आचार्य,बानपा ५ मा फुलप्रसाद सापकोटा,बानपा ६ र ७ मा डिलबहादुर पराजुली,बानपा ८ र ९ मा अम्मरबहादुर कार्की,बानपा १० र ११ मा दिपेन्द्रबहादुर थापा,बानपा १२,१३ र १४ मा नारायण शर्मा पौडेल,कल्पना हमाल,चक्रबहादुर खत्री,जैमिनी नगरपालिकामा नवराज पौडेल,गलकोट नगरपालिकामा रामप्रसाद कडेँल,काठेखोला गाउँपालिकामा चित्रबहादुर कार्की,खिमानन्द कडेँललाइ जिम्मेवारी दिइएको छ ।सो सभालाइ सफल बनाउन सम्पूर्ण जिल्लाका काँग्रेस कार्यकर्ताहरु चैत्र ३० गते विहान ९ बजे पार्टी कार्यालयमा उपस्थिति हुनका लागि जिल्ला सभापतिले आग्रह समेत गरेका छन । बैठकले जिल्लाका सम्पूर्ण वडाहरुले भेला गरी क्षेत्रीय समिति मार्फत बैशाख ५ गतेभित्र उम्मेद्वारहरुको नामावली पठाउनका लागि निर्देशन समेत गरेको छ ।

बैठकले निर्वाचनमा सञ्चार संयोजकको रुपमा जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ र विपि स्मृति भवन निर्माणार्थ जिल्ला सदस्य जगदिशचन्द्र उपाध्यायलाइ जिम्मेवारी दिने निर्णय गरिएको छ । बैठकमा उपस्थित सम्पूर्णलाइ धन्यवाद दिँदै निर्वाचनलाइ सफल बनाउन सवै कार्यकर्ताहरु एक भएर लाग्न जिल्ला सभापतिले अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्